कृषि एवं पशुपालनको विकासतर्फ विशेष योगदान पुर्याएका कृषकहरूलाई पुरस्कारसहित सम्मान
खरिपाटी (भक्तपुर) । चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्र भित्र पुशपालनतर्फ उत्कृष्ट पुशपालन गर्ने कृषक एवं फार्मलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
नगरपालिकामा पशुपन्छी विकास शाखाले बुधबार आयोजना गरेको कृषि एवं पशुपालनको विकासतर्फ विशेष योगदान पु¥याएका कृषकहरूलाई नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरि सम्मान गर्नु भएको हो ।
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले कृषि एवं पुशपालनलाई मुख्य आयश्रोत बनाउदै कृषिको प्रबद्र्धन गर्न नगरपालिका लागिरहेको बताउनुभयो । आथिक विकासको आधारका रुपमा नगरपालिकाले कृषि, पुशपालनलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाएको भन्दै उहाँले नगरपालिकाले सम्मान एवं पुरस्कार दिएर कृषि एवं पशुपालनका क्षेत्रमा कृषकलाई व्यवसायीक रुपमा कृषिमा लाग्नु अभिप्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले कृषि र पशुपालन एक सिक्काको दुई पाटो भएको बताउदै आर्थिक रुपमा जीवनस्तर उकास्न कृषि र पुशपालन राम्रो आम्दानीको श्रोत भएको बताउनुभयो ।
नगरपालिकाले कृषि र पर्यटनलाई आर्थिक विकासको मेरुदडण्को रुपमा लिएको बताउदै कृषि एवं पुशपालनमा आत्मनिर्भर हुने गरि कृषक अगाडि बढ्नु पर्ने बताउनुभयो र
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नगरपालिकाले आर्थिक वर्ष ०८१÷०८२ का लागि विनियाजित गरेको बजेट अन्तर्गत कृषकलाई प्रोत्साहन दिन पुरस्कार र सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा कृषक सम्मान कार्यक्रम अन्तर्गत पशुपंक्षी पालन व्यवसायमा क्रियासिल कृषक तथा संस्थाहरु मध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्