Breaking News
चर्चामा:

ताथलीमा सीपमूलक तालिम सम्पन्न

ताथलीमा सीपमूलक तालिम सम्पन्न

ताथलीमा सीपमूलक तालिम सम्पन्न
चाँगुनारायण (ताथली), २४ साउन : चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा वडा नं ९ ताथलीमा सञ्चालन गरिएको सीप मूलक तालिम सम्पन्न भएको छ ।
सहारा परियोजना अन्तर्गत स्थानीयलाई सीप हस्तान्तरण र स्थानीय युवामा पुस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने उदेश्यले सीपमूलक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं सहारा परियोजना संयोजक दिनेश थापाले जानकारी दिनुभयो ।
तालिममा सहभागिहरुले मकैको खोस्टाको चकटी, छ्वालीको सुकुल,  परालको डोरी बनाउने व्यावहारिक सीपहरू सिकेको बताउदै यसबाट आत्मनिर्भर बन्न सहज हुने बताउनुभयो ।
तालिमको समापन वडाध्यक्ष गणेश त्यातले गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य कमला भारती, रेडक्रसका मन्त्री धर्मराज कार्की, सहारा परियोजना संयोजक उमा थापालगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका