गोकुलधामस्थित मच्छेनारायण मन्दिरमा भजनकिर्तनमा रमाउदै भक्तजन
छालिङ्ग, ५ साउन । चाँगुनारायण नगरपालिका वडा नं. ५ स्थित गोकलधाममा आज दिनभर मेला एवं भजनकिर्तन गरिएको छ । साउनको सोमबार एवं एकादशी ब्रतका दिन आज गोकुलधामस्थित मच्छेनारायण मन्दिर परिसरमा दिनभर भजन किर्तन गरि मेला भरिएको स्थानीय नारायणप्रसाद पुरीले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले आयोजना गरेको नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा यस मन्दिर परिसरमा धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले बिभिन्न भौतिक संरचनाहरु निर्माण गर्नुका साथै आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने कार्य भइरहेको छ ।
मन्दिर परिसरमा शिव, मच्छेनारायणलगायत बिभिन्न देवी देवताको पुजाआजा गरिएको छ । मन्दिर परिसरमा भगवाण विष्णुको विशाल विश्वरुपको निर्माण सम्पन्न गरि रंगरोगन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । साथै साउन ३१ गते उक्त मूर्तिमो भव्य पूजा गरि प्राण प्रतिष्ठा गर्ने गरि तयारी भइरहेको पुरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्