ज्येष्ठ नागरिकको स्वस्थ्य, सुरक्षित, सक्रिय तथा मर्यादित जीवनयापनका लागि चाँगुनारायण नगरपालिका सधै सक्रिय छ : नगर प्रमुख जीवन खत्री
चाँगुनारायण, १४ साउन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरका ज्येष्ठ नागरिकहरुको स्वस्थ्य, सुरक्षित, सक्रिय तथा मर्यादित रुपमा जीवनयापन गर्नका लागि चाँगुनारायण नगरपालिकाले बिभिन्न स्वास्थ्यका कार्यक्रमहरु अगाडि सारेको बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको आवधिक समिक्षा बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नगरवासीले ज्येष्ठ नागरिकहरुको स्वस्थ्य, सुरक्षित, सक्रिय तथा मर्यादित रुपमा जीवनयापन गर्न सक्नुहोस भनेर नै नगरपालिकाले सामाजिक विकास शाखा र स्वास्थ्य शाखा अन्तर्गत भइरहेको गतिविधिहरुमा सहयोग गर्दै आएको बताउनु भयो ।
उहाँले स्वास्थ्य सेवा लगायत ज्येष्ठ नागरिकहरुको सर्वाङ्गिण विकासलाई केन्द्रित गरी नेपाल रेडक्रस सोसाइटीसंगको साझेदारीमा सन् २०२४ देखि २०२६ सम्मका लागि स्वीस रेडक्रसको आर्थिक सहयोगमा स्वस्थ्य बुढ्यौली कार्यक्रम (सहारा) सञ्चालन गरिरहेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नविनतम कार्यहरुको शुरुवात गर्न चाँगुनारायण नगरपालिका सदैव अगाडि छ । नगरपालिकाले निःशुल्क अक्सिजन वितरण, निःशुल्क रगत वितरण जस्ता मानवीय सेवाका कार्य गर्दै आएको छ । चाँगुनारायण नगरपालिकाले सुरु गरेसंगै अरु नगरपालिकाले पनि यसको अनुशरण गर्नुले नगरपालिकाको काम ज्येष्ठ नागरिक मैत्री छभन्ने विश्वास छ ।”
नगरपालिकामा लागू भएको सहारा परियोजना पनि नविनतम कार्य अन्तर्गत पर्ने चर्चा गर्दै उहाँले नेपाल रेडक्रस सोसाइटी तथा स्वीस रेडक्रससंग सहकार्यलाई निरन्तरता दिदै सामाजिक विकासका यस प्रकारका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरु जिँउदो इतिहास भएकोले नयाँ पुस्ताले उहाँहरुसंग धेरै कुराहरु सिक्न पर्ने औल्याउदै ज्येष्ठ नागरिकहरुलाई समाजमा अभिभावकत्व ग्रहण गरिदिन आग्रह गर्नुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष माधवप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख रमेश बुढाथोकीको विशेष अतिथ्यतामा बैठकको आयोजना गरिएको थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले चाँगुनारायाण नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई महत्व दिएर सञ्चालन गरेको यस प्रकारको परियोजनाले आफु प्रभावित भएको बताउनुभयो । उहाँले नगरको नौ वटै वडाका ज्येष्ठ नागरिक मिलन चौतारीले सह्रानिय कार्य गरेको भन्दै यस प्रकारका गतिविधिहरु अन्य पालिकाले अनुसरण गर्दा फलदायी हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्यालमा राखेर स्वस्थ्य र सक्रिय मर्यादिन जीवन यापनमा सहयोगी होस् भन्ने हेतुले चाँगुनारायण नगरपालिकासंग सहकार्य गरि स्वस्थ्य बुढ्यौली परियोजना चाँगुनारायणमा सञ्चालन गरीरहेको बताउनुभयो । उहाँले स्थानीय तहसंग सहकार्य गर्दै समुदायको संकटासन्नता कम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा कार्यमा सदैव नगरबासीको साथमा रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका निवर्तमान सभापति मनोजकुमार थापाले बालकोटमा नमुनाका रुपमा सञ्चालित कार्यक्रम चाँगुनारायण नगरपालिकाको सहकार्य र साझेदारीमा सञ्चालित हुदा नगरबासी ज्येष्ठ नागरिकहरु लाभान्वित भएको बताउनुभयो । स्वीस रेडक्रसका नेपाल प्रमुख कमल बरालले चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रसको संयुक्त अनुरोधलाई स्वीस रेडक्रसले सहर्ष स्वीकार गरी स्थानीय तहसंगको सहकार्यमा ज्येष्ठ नागरिकहरुको लागि परियोजना सञ्चालन गर्नु नयाँ अभ्यास भएको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिका अन्तर्गतका सबै ज्येष्ठ नागरिक मिलन चौतारीहरु क्रियाशील भई विविध गतिविधिहरु सञ्चालन गरी समग्र ज्येष्ठ नागरिकहरुको क्रियाशीलतामा बृद्धि, स्वास्थ्य सेवाको पहुँचमा लगायत समग्रमा ज्येष्ठ नागरिकहरुको सन्तुष्टीमा बृद्धि भएको आभाष ज्येष्ठ नागरिकहरुको प्रस्तुतिकरणले दिलाएको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष सिजन कार्की, वडा नं २ का वडा अध्यक्ष सोमप्रसाद प्रधान, वडा नं ४ का वडा अध्यक्ष रोजबहादुर तामाङ्ग, वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नायाजँु श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष जनक खत्री र वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातका साथै सबै वडाका ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष एवं पदाधिकारीहरु, रेडक्रस भक्तपुर मन्त्री धर्मराज कार्की, कोषाध्यक्ष प्रदिपकुमार के.सी, चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन रिजालको सहभागिता रहेको थियो ।
बैठकमा १ नं वडा देखि ९ नं वडाका ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष एवं पदाधिकारीहरु क्रमशः भरत प्रसाद न्यौपानै, लक्ष्मी भक्त सुवाल, मधुसुदन न्यौपाने, इन्दिरा कुइँकेल, केदार गिरी, कृष्णप्रसाद बास्तोला, सानोभाई कार्की, कृष्णराम बासुकलाले बार्षिक कार्य योजना, हालसम्म सञ्चालित कार्यक्रम तथा गतिविधिहरुको बारेमा जानकारी र मिलन चौतारीले भोगेका समस्याहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक मिलन चौतारीका समस्या र भोगाइको बारेमा नौ वटै वडाका ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष तथा पदाधिकारीहरुसंग नेपाल रेडक्रस सोसाइटी केन्द्रका का.बा निर्देशक बालकृष्ण सेढाँईले छलफल तथा अन्र्तक्रिया गर्नुभएको थियो । परियोजना अन्तर्गत हालसम्म भएका प्रगतिको बारेमा नगरपालिकाका विपद् व्यवस्थापन एकाई प्रमुख एवं सहारा परियोजना संयोजक दिनेश थापा, ने.रे.सो केन्द्रका अधिकृत राजु राउत, ने.रे.सो भक्तपुरका संयोजक उमा थापाले प्रस्तुतीकरण एवं छलफलमा सहजिकरण गर्नुभएको थियो ।
बैठकमा ज्येष्ठ नागरिक मिलन चौतारीले तयार गरेको बार्षिक योजनालाई सहारा परियोजनाका गतिविधिहरुसंग समन्वय गरी थप गतिविधिहरु समेत समावेश गरी एकिकृत रुपमा कार्यक्रम अगाडी बढाउने, श्रोत संकलन र परिचालन, ज्येष्ठ नागरिक मिलन चौतारी संस्थागत विकास र दिगोपनाको बारेमा पनि छलफल भएको थियो ।
कमलविनायक स्थित होटेल येचुमा सम्पन्न कार्यक्रममा योजना शाखा प्रमुख अनुप लामिछाने, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, पूर्वाधार शाखा प्रमुख विश्वजीत होना, खेलकुद समिति संयोजक रघु के.सी, सुचना प्रविधि अधिकृत रोशन सिवाकोटी, स्वास्थ्य अधिकृत बलराम तिमिल्सिना, ने.रे.सो केन्द्र कार्यक्रम संयोजक श्रीराजु राउत, स्वीस रेडक्रसकी स्वास्थ्य अधिकृत छोदेन लामा, सहारा परियोजनाका भक्तपुर रेडक्रसकी संयोजक उमा थापा, कार्यक्रम सहायक सञ्जय अवाल, लेखापाल करुणा खत्री, सामाजिक परिचालकहरु पारु थापा, सुस्मिता थापा, तुलसा नेपाल, स्वयंसेवकहरु जयराम लामा, गौतम खत्रीको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्