Breaking News
चर्चामा:

विश्व बुदो मार्सल आर्टस च्याम्पियनसिपमामा दोहोरो स्वर्ण पदक विजेता भारती र खड्कालाई नगरपालिकाद्धारा सम्मान

विश्व बुदो मार्सल आर्टस च्याम्पियनसिपमामा दोहोरो स्वर्ण पदक विजेता भारती र खड्कालाई नगरपालिकाद्धारा सम्मान

विश्व बुदो मार्सल आर्टस  च्याम्पियनसिपमामा दोहोरो स्वर्ण पदक विजेता भारती र खड्कालाई नगरपालिकाद्धारा सम्मान
चाँगुनारायण (खरिपाटी) : अजरबैजानको राजधानी बाकुमा सम्पन्न विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपमा दुई–दुई स्वर्ण पदक विजेता खेलाडीहरुलाई चाँगुनारायण नगरपालिकाले सम्मान गरेको छ ।
चाँगुनारायण नगरपालिकाबाट प्रतिनिधित्व गर्दै बाकु गएका चाँगुनारायण नगरपालिका–७ निवासी रोचक भारती र पूजा खड्काले दोहोरो स्वर्ण पदक विजेता बन्दै नगरपालिका र देशकै नाम राखेको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।
१५ वर्षभन्दा कम उमेर समूहतर्फ बाकु सम्पन्न प्रतियोगितामा खेलाडीहरु पूजा खड्का र रोचक भारतीले क्रमशः ४० केजि र ७० केजि तौल समूहमा प्रतिस्पर्धा गर्दै फुल कन्ट्याक्ट कराते तथा किक बक्सिङ विधामा दुई दुई कुल चार स्वर्ण पदक जित्दै देशकै नाम उच्च राख्न सफल भएका थिए ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले स्वर्ण पदक विजेता भारती र खड्कालाई चाँगुनारायण नगरपालिकासंगै देशकै नाम उच्च राख्न सफल भएको भन्दै सम्मान गर्नु भएको हो । नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरपालिकाले खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेर खेलाडीहरु उत्पादन गरिरहेको छ । हरेक दिन नगरपालिकाले खेल प्रशिक्षकद्वारा बिभिन्न खेलमा प्रशिक्षण दिदै आएको छ । विद्यालयस्तरमा समेत खेलाडी उत्पादन गर्न नगरपालिकाले सहयोग गर्दै आएके छ । त्यसकै सफलता हाम्रा खेलाडीले चाँगुनारायण नगरपालिकासंगै देशकै नाम उच्च राख्दै चार स्वर्ण हात पारेकोमा धेरै गर्व लागेको छ ।”
नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न सक्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्न लागिरहेको बताउदै चाँगुनारायणलाई कला, संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्यता एवं पर्यटकीय मात्रै नभई खेल र खेलाडीको नामले समेत उत्कृष्ठ नगरपालिकाको पहिचान बनाउने बताउनुभयो ।
प्रतियोगितामा अन्य खेलाडीहरु बबिता कार्कीले दुबै विधामा स्वर्ण पदक, हेटौडाका सुदर्शन खतिवडाले फुल कन्ट्याक्ट करातेमा स्वर्ण तथा किक बक्सिङमा रजत पदक, खेलाडी सागर विष्टले फुल कन्ट्याक्ट करातेमा रजत र किक बक्सिङमा स्वर्ण पदक जित्न सफल भएको  नेपाल बुदो कैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले जानकारी दिनुभयो ।
महर्जनको नेतृत्वमा १३ सदस्यीय नेपाली टोली साउन ८ गते अजरबैजान प्रस्थान गरेको थियो भने चाँगुनारायण नगरपालिकाको खेल प्रशिक्षक  करुणा राउत भारतीसमेत रेफ्रीको भूमिकामा बाकुमा सहभागि हुन भएको थियो ।
   
चाँगुनारायण नगरपालिकाका खेलाडीहरूको सम्मानमा नगर प्रमुख खत्रीले स्वागत एवं सम्मान गर्नुभयो भने वडा नंं ७ का जनप्रतिनिधिहरु श्यामकाजी नयाजु, पुष्कर खड्का, नेपाली कांग्रेस वडा नं ७ कासभापति मनोज गिरी, नगर प्रमुखका सचिवालयका गोकर्ण पुरी लगायतले स्वागतका साथ बधाई ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका