Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रबृत्ति प्राप्त गर्न आवेदन आव्हान

चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रबृत्ति प्राप्त गर्न आवेदन आव्हान

चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रबृत्ति प्राप्त गर्न आवेदन आव्हान

चाँगुनारायण २० साउन । चाँगुनारायण नगरपालिकाले आफ्ना नगरभित्रका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाले वडा नंं ४ स्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्न चाहने नगरभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्तिको आवेदन माग गरेको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन दिन आव्हान गरको हो ।नगरपालिकाले स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक कागजातसहित साउन २५ गतेभित्र नगर कार्यपालिकाको कार्यालयमा आवेदन दिन आव्हान गरेको हो ।

आवेदनका लागि विद्यार्थीले नागरिकताको प्रमाणपत्र, स्थानीय बासोबासको सिफारिस, दलित, जनजाती, खुल्ने प्रमाणपत्र, शैक्षिक योग्यता प्रमाणपत्र, गरिब तथा जेहेन्दारको सिफारिस लगायत अन्य आवश्यक कागजात समावेश गर्न अग्रह गरिएको छ।

नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक दिनेश अर्यालले सूचना जारी गर्दै योग्य विद्यार्थीहरूलाई समयमै सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायण इन्जिनियरिङ कलेजमा स्थानीयलाई दिने छात्रबृत्ति कोटा अनुसार स्थानीइवासीलाई नगरपालिकाले छात्रबृत्ति प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका