Breaking News
चर्चामा:

राखी बान्दै नगर प्रमुख जीवन खत्री भन्नुभयो : आत्म शुद्ध गर्दै समाज विकास र परिवर्तनमा लागौ

राखी बान्दै नगर प्रमुख जीवन खत्री भन्नुभयो : आत्म शुद्ध गर्दै समाज विकास र परिवर्तनमा लागौ

राखी बान्दै नगर प्रमुख जीवन खत्री भन्नुभयो : आत्म शुद्ध गर्दै समाज विकास र परिवर्तनमा लागौ

चाँगुनारायण, २३ साउन । चाँगुनारायण नगरपालिकाको प्रमुख जीवन खत्रीले आत्म शुद्ध गर्दै समाज विकास र परिवर्तनमा लाग्ने समय आएको बताउनु भएको छ । ब्रम्हकुमारी राज योग केन्द्रले नगरपालिकामा आयोजना गरेको राखी बान्ने कार्यक्रममा उहाँले समाजलाई आत्मकेन्द्रीत गर्दै समाजको विकासमा लाग्नु पर्ने बताउनुभयो ।

उहाँले नकारात्मक भावना, उर्जालाई आजकै दिनबाट त्याग्नु पर्ने बताउदै सबै विषयलाई सकारात्मक दृष्टिकोणले हेर्ने हो भने सबै राम्रो भएर आउने बताउनुभयो ।
नगर प्रमुख खत्रीले नकारात्मक भावनाको बिकास हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले सकारात्मक भावनालाई उर्जाशिल बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ब्रम्हकुमारी राजयोग केन्द्रका दादा दिदीहरुले नगर प्रमुख खत्रीलाई राखी बाधेर प्रसाद प्रदान गर्नु भएको थियो । सार्थ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ र बिभिन्न वडाका जनप्रतिनिधी एवं कर्मचारीहरुलाई राखी बाधेर प्रसाद प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका