Breaking News
चर्चामा:

स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले जनतासंग निर्वाचनमा गरेको बाचा पुरा गर्ने गरि जनताको पक्षमा काम गरौं : नगर प्रमुख जीवन खत्री

स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले जनतासंग निर्वाचनमा गरेको बाचा पुरा गर्ने गरि जनताको पक्षमा काम गरौं : नगर प्रमुख जीवन खत्री

स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले जनतासंग निर्वाचनमा गरेको बाचा पुरा गर्ने गरि जनताको पक्षमा काम गरौं : नगर प्रमुख जीवन खत्री

चाँगुनारायण, १ भदौ । चाँगुनारायण नगरपालिकाका प्रमख जीवन खत्रीले स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले जनताको पक्षमा जनतासंग निर्वाचनमा गरेको बाचा पुरा गर्न गरि जनताको पक्षमा काम गर्न पर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले आज कमलविनायकमा आयोजना गरेको नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

यसअघिको निर्वाचनमा दोश्रो अबस्थामा निर्वाचित हुदै आएको नेपाली काँग्रेसले त्यो अबस्थालाई चिर्दै अहिले चाँगुनारायण क्षेत्रमा स्थानीयदेखि प्रदेशसभामा समेत पहिलो स्थानमा निर्वाचन गराएर आज मन्त्री समेत बनाउन सफल भएको बताउदै यस्तो अवसरमा निर्वाचित सबैले जनताका पक्षमा काम गर्नु पर्ने बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “आगामी दिनमा हामी एकताबद्ध र संगठित भएर सबैले पाएको जिम्मेवारी निर्वाह गर्दै अगाडि जानुछ । आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहको सम्पूर्ण पदमा वियज हासिल गर्ने लक्ष्यका साथ अगाडि जानै पर्छ । त्यसका लागि हामीले अहिले जुन–जुन तह र पदमा विजयी हासिल गरेका छौ, ती सबै ठाउँमा सकारात्मक र राम्रो काम गरेर जनताको मन र भवनालाई जित्नु पर्छ ।”

उहाँले समाज र समुदायलाई निर्वाचनमा गरेको बाचालाई पुरा गर्दै सबैको जनताको पक्षमा काम गर्दै अगाडि बढेर सबैले क्रियासिलता र सहयोगको भू्िमका निर्वाह गरेर अगाडि जानु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेशमा नवनियुक्त मन्त्रीहश्र मध्ये चाँगुनारायण क्षेत्रबाट मन्त्री हुनु भएका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चन वादे श्रेष्ठ, सहकारी मन्त्री बिनु रायमाझी पौडेललाई क्षेत्रीय सभापति समेत रहनु भएका चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले स्म्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खडेका र बिभिन्न संगठन एवं नेताहरुले नवनियुक्त मन्त्रीहरुलाई सम्मान पत्रका प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले निर्वाचिन स्थानीय तहका सबै पदका जनप्रतिनिधि र प्रदेशका नयाँ मन्त्रीहरुले जनताको भावनालाई शिरमा राखेर काम गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागि मन्त्रीहरुको पार्टीको निर्देशन र जनभावना अनुरुप नै काम गर्ने र जनताको मन जित्ने गरि विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका