Breaking News
चर्चामा:

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस–२०८२’ चाँगुनारायणमा सम्पन्न

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस–२०८२’ चाँगुनारायणमा सम्पन्न

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस–२०८२’ चाँगुनारायणमा सम्पन्न

चाँगुनारायण (हर्षपुर) । नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा भव्य समारोहबीच सम्पन्न भएको छ ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा मनाउन पाउँदा गौरब लागेको बताउदै कोदो जस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने बताउनुभयो ।

‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार हाम्रो नगरको मूल आधार हो’, भन्दै नगर प्रमुख खत्रीले कोदोको उत्पादन पहिले उच्च रहेको भएपनि यसको लागत बढी हुने र बजार नपाउने समस्याका कारण पछिल्लो समयमा खेती घटेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाल कोदो उत्पादन बृद्धि गर्न चाँगुनारायणको प्रमुख बालीका रूपमा यसलाई स्थापित गर्ने बताउनुभयो ।

कोदोको महत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय र्दै कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ जीवनका लागि दैनिक एक छाक कोदोको परिकार खानुपर्ने बताउनु भयो । उहाँले एक छाक कोदोको परिकार भान्सामा समावेश गराउन सके यसले स्वस्थ जीवनको सुनिश्चितता गर्ने बताउनुभयो । मन्त्री अधिकारीले कोदो खेतीलाई आयआर्जनसँग जोडेर यसको प्रवद्र्धन गर्न किसान, नीति निर्माता र सरोकारवालाहरू एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको बताउनुभयो ।

कृषि मन्त्रालयका सह–सचिव डा. रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन–अनुकूल र टिकाउ बालीका रूपमा प्रवद्र्धन गर्ने सरकारी निर्णय ऐतिहासिक भएको बताउनुभयो । कृषि सचिव गोविन्द शर्माले कोदोलाई ‘हेपिएको बाली’ का रूपमा लिने मानसिकतामा परिवर्तन आएको र यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बताउनुभयो ।

एफएओ नेपालका प्रमुख केन शिमिजुले कोदो बालीको प्रवद्र्धनमा एफएओको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले सन् २०२३ लाई संयुक्त राष्ट्रसंघले कोदो वर्षका रूपमा मनाएपछि यसलाई थप प्राथमिकता दिइएको जानकारी गराउनुभयो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदो खेती गरिए पनि प्रतिहेक्टर उत्पादकत्व १.३३ मेट्रिक टनमा सीमित छ । भन्सार विभागको तथ्याङ्कले नेपालले गत आर्थिक वर्षमा ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदो आयात गरेको छ । जबकि निर्यात भने ७० मेट्रिक टन मात्र छ । यसले आत्मनिर्भरताको अवस्था अझै हुन सकको छैन ।

कार्यक्रममा कोदो प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । कोदो व्यवसायमा महिलाहरूको सक्रिय सहभागितालाई सम्मान गर्दै विशेष सम्मान गरियो । कोदो प्रवद्र्धन अभियान सञ्चालन गरेबापत कदरपत्र प्रदान गरियो । जुम्लामा रातो कोदो प्रवद्र्धन र कोदोको बीउ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेबापत १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा नेपालमा २ लाख २४ हजार ९ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिई ३ लाख ७३२ मेट्रिक टन उत्पादन भएको छ, तथापि प्रति हेक्टर उत्पादकत्व भने १३३ मेट्रिक टनमा सीमित रहेको छ ।

विज्ञहरूका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ, तर आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ । त्यसैगरी, भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३ सय १६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरेको छ, भने निर्यात जम्मा ७० मेट्रिक टन मात्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका