सानो गोसाई कुण्ड अर्थात रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड
भक्तपुर २४ साउन नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।
रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजनहरु रत्नचडेश्वर महोदवपोखरीमा महादेब पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरि महादेवको पुजा गरेमा पूण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पुरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भिड लाग्ने गर्दछ ।
चाँगनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले समुन्द्र मन्थन गर्दा महादेवले विषपान गरेर छटपटिएर हिड्दा नगरकोटको रत्नचुडेश्वरमा आएर त्रिशुलले खोपेर पानी निकालेर शयन गर्दा पनि शान्त नभएपछि रसुवाको गोसाईकुण्ड पुगेर त्रिशुलले खोपर तलाउमा सुतेपछि शान्त भएको किम्वदन्ती रहेको बताउनु भयो ।

यहाँको धार्मिक महत्व धेरै रहेको बताउदै उहाँले महादेवको पोखरीमा गोसाई कुडको पानी आउने जनविश्वास रहेको र गोसाई कण्ड जान नसक्नेहरु यहाँ आएर दर्शन गर्दा पनि गोसाई कुण्ड पुगे बराबराको पूण्य प्राप्त हुने जनविश्वास रहेको बताउनुभयो । नगरकोट भ्रमण वर्षको अवसरमा आज चाँगुनारायण नगरपालिकाले विशेष कार्यक्रमसमेत आयोजना गरेको बताउनभयो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा समेत उल्लेख्य बृद्धि भएको बताउनुभयो ।
हरेक वर्षको जनै पूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातीदेखिनै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरी नै भीड लागेको भन्दै उहाँले हिन्दु र बौध धर्मावलम्बीहरुले मेला भर्न आएको बताउनुभयो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउदै वडाध्यक्ष लामाले रसुवाको गोसाई कुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहदै आएकाले सयौ वर्षदेखि यहाँ मेला लाग्दै आएको बताउनुभयो ।
मेलाको अवसर छोप्दै यस क्षेत्रमा हिजो बेलुकीदेखिनै दुई दिने व्यापारका लागि सयौ पसलहरु खुलेका छन् । यहाँ आसपासमा ठूलो बजार लागेको बताउदै उहाँले रातीदेखिनै हिन्दु र बौद्ध धर्मापलम्बीहरु बिभिन्न झाकीसहित पूजा गरेका छन् । उहाँले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकै समेत चढाउने गर्दछन् । उहाँका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीइले खाने गर्दछन् ।
गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा रहेको बताउदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आ–आफ्नो परम्पराअनुसार पूजा झाँकी सहित आएर मेला भरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्