Breaking News
चर्चामा:

चाँगुनाारायण नगरपालिकाद्वारा ब्राजिलमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी उसु खेलाडी सुस्मिता तामाङ्गलाई शुभकामना तथा विदाई (फोटो फिचर)

चाँगुनाारायण नगरपालिकाद्वारा ब्राजिलमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी उसु खेलाडी सुस्मिता तामाङ्गलाई शुभकामना तथा विदाई (फोटो फिचर)

चाँगुनाारायण नगरपालिकाद्वारा ब्राजिलमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी उसु खेलाडी सुस्मिता तामाङ्गलाई शुभकामना तथा विदाई (फोटो फिचर)

चाँगुनारायण, १५ भदौ : चाँगुनारायण नगरपालिकाले यही भदौ १७ गतेदेखि २२ गतेसम्म ब्राजिलमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी उसु खेलाडी सुस्मिता तामाङ्गलाई आज शुभकामना प्रदान गर्दै विदाई गरेको छ ।

आज आइतबार नगरपालिकामा आयोजना गरेको विदाई तथा शुभकामना प्रदान कार्यक्रममा नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीको सन्देश सहित नगरपालिकाको टोलीले बिदाई एवं शुभकामना प्रदान गरेको नगर खेलकुद संयोजक रघु केसीले जानकारी दिनुभयो ।

नगर प्रमुख खत्री र उपप्रमुख बुढाथोकीले नगरपालिका र देशकै नाम उच्च राख्ने गरि सफलता प्रदान गर्न सक्ने गरि मेडल हासिल गर्न शुभकामना दिनु भएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकामा आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले खेलाडी तामाङ्गलाई खादा ओढाएर बिदाई गर्दै मेडल जितेर नगरपालिकाको नाम उच्च राख्न सफलता प्राप्त गर्ने शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरि शिक्षा शाखाका प्रमुख जनार्दन रिजाल, वरिष्ठ शाखा अधिकृत एवं सूचना अधिकृत अनुप लामिछाने, अधिकृत सुरज पौडेल, नगर खेलकुद संयोजक रघु केसीलगायत कर्मचारीहरुले शुभकामना दिदै विदाई गर्नु भएको छ ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्यहरु नरेन्द्र खड्का, करुणा राउत भारती, खेलकुद प्रशिक्षकहरु सौरभ शाखकर्मी, प्रदीप ढकाल, राजन रसाईली, प्रेमकुमार लामा, सागर श्रेष्ठलगायतले विदाई गर्नु भएको थियो । समितिका संयोजक केसीले विमानस्थल पुगेर खेलाडी तामाङ्गलाई शुभकामनासहित विदाई गर्नु भएको छ ।

उसु खेलाडी सुस्मिता तामाङ्गले अहिलेसम्म नेपालमा भएको १३ औँ. दक्षिण एशियाली खेल–२०१९ मा स्वर्णपदक, भारतमा भएको १२ औं दक्षिण एशियन खेलमा रजत पदक, छैठौं, सार्ता, आठौ र नवौं राष्ट्रिय खेलमा स्वर्ण पदक, कोरियामा भएको १७ औँं एशियान खेल र इन्डोनेसियामा भएको १८ औ एशियन खेल सहभागिता जनाउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका