Breaking News
चर्चामा:

भक्तपुरको चाँगुनारायण नगरपालिका नारायणटारमा घर र गोठमा आगलागी

भक्तपुरको चाँगुनारायण नगरपालिका नारायणटारमा घर र गोठमा आगलागी

भक्तपुरको चाँगुनारायण नगरपालिका नारायणटारमा घर र गोठमा आगलागी

२१ भदौ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले गोपनीयताका लागि भन्दै आगलागी भएको घर र गोठ धनीको नाम भने खुलाएको छैन ।आज बिहान २ः४० बजेको समयमा घरमा आगो लागेको र त्यो आगो सँगैको गोठमा पनि सल्किएको प्रहरीको भनाइ छ । प्रहरी टोली, दमकल र स्थानीय बासिहरुको सहयोगमा बिहान पौने चार बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट अन्दाजी ५० हजार रुपैयाँ बराबरको एउटा जर्सी गाई र अन्दाजी १० हजार मूल्य बराबरको एउटा बाख्रो मर्दा जम्मा ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी मोहनमणि अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका