Breaking News
चर्चामा:

चाँगुनारायणमा बुधबार शोक विदा 

चाँगुनारायणमा बुधबार शोक विदा 

चाँगुनारायणमा बुधबार शोक विदा 
चाँगुनारायण, ३ भदौ । चाँगुनारायण नगरपालिकाले बुधबार नगरपालिकामा सार्वजनिक विदा दिने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २ वडा कार्यालय दुवाकोटमा कार्यरत कार्यालय सहायक मुकुन्द श्रेष्ठको मंगलबार अपरान्ह भएको असामयीक निधनमा दुःख व्यक्त गर्दै नगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठद्धारा आज मंगलबार जारी सूचनामा श्रेष्ठको निधनले नगरपालिकालाई मर्माहित र दुःखी बनाएको उल्लेख गर्दै ४ गते बुधबार अत्यावश्यक सेवा बाहेक नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिएको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका