Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाद्वारा ६२६ गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक, नाम छुटेमा वा गलत विवरण भएमा १५ दिनभित्र गुनासो दर्ता गर्न आग्रह

चाँगुनारायण नगरपालिकाद्वारा ६२६ गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक, नाम छुटेमा वा गलत विवरण भएमा १५ दिनभित्र गुनासो दर्ता गर्न आग्रह

चाँगुनारायण नगरपालिकाद्वारा ६२६ गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक, नाम छुटेमा वा गलत विवरण भएमा १५ दिनभित्र गुनासो दर्ता गर्न आग्रह

चाँगुनारायण, १५ भदौ । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्र रहेको गरिब परिवारको नामावली संकलन गरि नामावली सार्वजनिक गरेको छ ।नगरपालिकाले आइतबार चाँगुनारायण नगरपालिका क्षेत्र भित्र संकलित ६२६ गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक गर्दै नाम छुटे वा गलत विवरण भएमा १५ दिनभित्र गुनासो दर्ता सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

नेपाल सरकार, भूमि व्यबस्था सहकारी तथा तथा गरिबी निवारण मन्त्रालयले २०७८ सालमा चाँगुनारायण नगरपालिकामा सञ्चालित गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत संकलन गरिएको तथ्यांकलाई मन्त्रालयबाट विश्लेषण गरि प्रारम्भिक रुपमा पहिचान भएका गरिब परिवारको सूचि प्राप्त भएको र उक्त सूचि उपर सम्बन्धित परिवार वा अन्य कसैको गुनासो भएमा सो गुनासोलाई समेत सम्बोधन गरि गरिब परिवारको सूचि स्वीकृत गर्ने र परिचयपत्र जारी गर्ने प्रयोजनको लागि १५ दिन भित्र गुनासो सुनुवाई अधिकारी समक्ष गुनासो दर्ता गराउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठद्वारा जारी सूचनामार्फत आग्रह गरेको छ ।

सरकारले नगरपालिका मार्फत सूचीकृत गरिब परिवारलाई भविष्यमा लक्षित कार्यक्रमबाट लाभ प्रदान गरिने भएकाले सबै नागरिकलाई सचेत र सक्रिय रहन पनि आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सूचीमा नाम छुटेका, त्रुटिपूर्ण विवरण समावेश भएकाहरू वा अरु कुनै कारणवश नाम छुटेका व्यक्तिहरूले आजको १५ दिनभित्र नगरपालिकाको गुनासो दर्ताका लागि चाँगुनारायण नगरपालिकाको पंजीकरण शाखामा सम्पर्क गरि गुनासो सुनुवाई अधिकारी समक्ष गुनासो दर्ता गराउन नगरवासीमा आग्रह गर्नुभयो । नगरपालिकाले सूचीमा नाम समेटिन नसकेको भए वा गलत विवरण रहेको भए सम्बन्धित व्यक्तिहरूले स्वीकृत ढाँचामा गुनासो दर्ता गर्न सक्नेछन् ।

सार्वजनिक गरेको नामावलीको विवरण यस प्रकार छ :

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका