नगर प्रमुख खत्रीद्वारा चाँगुनारायण महिला नगर योग समितिको तीज विशेष कार्यक्रम उदघाटन
चाँगुनारायण, ४ भदौ । नगर प्रमुख खत्रीले महिलाहरु समाज परिवर्तन र विकासमा सशक्त एवं जुझारु भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
चाँगुनारायण महिला नगर योग समितिले बुधबार यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उहाँले महिलाहरुको महान पर्व तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकाले महिलाहरुको विकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको चर्चा गर्दै महिलाहरु नगरपालिकाको विकासमा सहभागि हुदै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले चाँगुनारायण नगर क्षेत्रलाई समृद्ध बनाउने अभियान नगरपालिकाले चलाएको बताउदै नगरकोट भ्रमण वर्ष–२०८२ मार्फत नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आर्थिक रुपमा सवल र सम्पन्न गराउनु पर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाको विकासलाई सफल पार्न सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउदै भ्रमण वर्ष मार्फत नगरवासीको आर्थिक उन्नतीमा लाग्न सबै लाग्नु पर्ने बताउनुभयो ।
उहाँले समाज परिवर्तन र विकासमा महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै पर्यटनको विकासमा पनि अग्रसर हुदै आत्मनिर्भरतातर्फ महिलाहरु लाग्नु पर्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले महिलाहरुको महान पर्व तीनको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्