Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँको भव्य बिदाई

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँको भव्य बिदाई

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँको भव्य बिदाई

खरिपाटी, ५ जेठ । एक वर्ष अगाडि चाँगनारायण नगरपालिकामा सरुवा भई आउनु भएका चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँको विदाई गरिएको छ । यही जेठ २ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीमा सरुवा भएका हुमेगाइँको सोमबार नगरपालिकाको हलमा आयोजना गरेको विदाई कार्यक्रममा बिदाई गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले हुमेगाइँलाई दासल्ला ओढाएर सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा नगरपालिकाका प्रमुख खत्रीले नगरपालिाको विकासमा आफले गरेको काम र निर्णयहरुमाको कार्यान्वयनमा हुमेगाइँको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मेयर खत्रीले एक वर्षे चाँगुनारायणको कार्यकाल सफल रहेको भन्दै आगामी यात्रा पनि सफलता पूर्वक सम्पन्न गर्न शुभकामना प्रदान गरेका छन् ।

मेयर खत्रीले कमलविनायक(नगरकोट सडकको ठेक्का लगाउने कार्य सम्पन्न भएको र चालु आर्थिक वर्षका अधिकांश योजना कार्यान्वयनको चरणमा रहेको बताउदै सरुवा नियमित प्रक्रिया भएकाले सबै शाखाका कर्मचारीहरुलाई जनप्रतिनिधिको सपना साकार पार्न सहयोग गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेल, कानूनी सल्लाहकार किरण न्यौपाने, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत हुमेगाइँलाई टीका, खादा, मायाको चिनो प्रदान गर्नु भव्य रुपमा विदाई गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा मोहन कुमार श्रेष्ठले बुधबारदेखि जिम्मेवारी समाल्ने भएका छन् ।

https://www.facebook.com/reel/2188750044901536

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका