Breaking News
चर्चामा:

दुवाकोटका जेष्ठ नागरिकहरुको उपचार, सम्मान प्राप्तिसंगै खैजडी भजनमा खुसीले रमाएँ

दुवाकोटका जेष्ठ नागरिकहरुको उपचार, सम्मान प्राप्तिसंगै खैजडी भजनमा खुसीले रमाएँ

दुवाकोटका जेष्ठ नागरिकहरुको उपचार, सम्मान प्राप्तिसंगै खैजडी भजनमा खुसीले रमाएँ

चाँगुनारायण (दुवाकोट), ६ भदौ । चाँगुनारायण नगरपालिका वडा नं. २ कार्यालय दुवाकोटले कुशे औंसी अर्थात बाबुको मुख हेर्ने सन्दर्भमा आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण ३५० भन्दा बढी जेष्ठ नागरिकको सहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जेठ नागरिकको स्वस्थ्य परीक्षण र सम्मान गरेर एकदमै सह्राननीय कार्य गरेको उहाँल बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “ हाम्रा अभिभावक, हाम्रा मार्गनिर्देशक र समाजको अगुवा नेतृत्व जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षण एवं सम्मान कार्यक्रमलाको आयोजना गरेर निकै राम्रो काम गरेको छ । जेष्ठ नागरिकहरुको सम्मान र आदर गर्न नसकेसम्म सम्बृद्धि समाज र सुखी नेपाली हुन सक्दैन । यहाँ बस्नेत प्रत्येक नागरिको हरेक सुख दुःखमा तपाईहरु संगसंगै हुनुहन्छ भनेर उदाहरणको एउटा नमूना प्रस्तुत गर्नु भएको छ । वडावासी प्रतिको निरन्तर सेवामा अनवरत रुपमा लाग्न अनुरोध गर्दछु । त्यसका लागि नगरपालिकाले गर्ने सहयोग गर्नेछ ।”

कार्यक्रममा ३५० जना भन्दा बढी जेष्ठ नागरिकको सहभागिता रहेको वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो । उहाँले निःशुल्क स्वास्थ्य परीक्षणमा ९४ जना जेष्ठ नागरिकले सेवा लिएको र उहाँहरुको ईको, इसिजी, अल्ट्रासाउण्ड, आँखा, दाँत, जनरल स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो ।

स्वास्थ्य परीक्षणमा मोतियाविन्दु भएको १८ जना जेष्ठ नागरिकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने बताउदै उहाँले वडाले अस्पताल लैजाने, ल्याउने र उपचारको सबै व्यबस्थापन गरिदिने वडाध्यक्ष प्रधानले जानकारी दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई बिहानको नास्ता, फलफूल, दिउँसोको खाना, खाजाका व्यबस्था गरेको थियो ।

वडाध्यक्ष प्रधानका अनुसार वडाका जेष्ठ नागरिकलाई रुद्राक्ष माला, जाडोको लागि न्यानो हुने दोसल्ला एवं पछ्यौरा, स्टिलको थर्मस्‌लगायतका बिभिन्न सामाग्रीहरु प्रदान गर्नु भएको थियो । जेष्ठ नागरिकलाई खैजडी भजनमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै जेष्ठ नागरिकहरु निकै खुसी भएर घरघरमा पुर्याउने कार्य गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका