Breaking News
चर्चामा:

खानेपानीको दिगो रुपमा समस्या समाधान गर्न चाँगुनारायण नगरपालिकाले खानेपानी ब्यवस्थापन बोर्ड गठन गर्ने

खानेपानीको दिगो रुपमा समस्या समाधान गर्न चाँगुनारायण नगरपालिकाले खानेपानी ब्यवस्थापन बोर्ड गठन गर्ने

खानेपानीको दिगो रुपमा समस्या समाधान गर्न चाँगुनारायण नगरपालिकाले खानेपानी ब्यवस्थापन बोर्ड गठन गर्ने

चाँगुनारायण : नगरपालिका क्षेत्रभित्र खानेपानीका दिगो समाधानका लागि चाँगुनारायण नगरपालिकाले नगरस्तरीय खानेपानी ब्यवस्थापन बोर्ड गठन गर्ने भएको छ ।
नगरबासीलाई सहज रुपमा शुद्ध खानेपानीको पहुँचमा पुर्याउने मूल उदेश्इका साथ नगरपालिका क्षेत्रभित्रका बिभिन्न वडामा सञ्चालत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु समायोजना गर्ने योजनासहित बोर्ड गठनको नगरपालिकाले तयारी गरेको छ ।

नगरपालिका क्षेत्रभित्र खानेपानीको दिगो समाधान लागि वडामा बढीमा तीन वटा खानेपानी उपभोक्ता समिति रहने गरि बोर्ड गठनको अन्तिम चरणमा पुगेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । उहाँले खानेपानी बोर्ड गठनका लागि ऐन र कार्याविधि निर्माण भइसकेको र आउँदो नगरसभाको १७ औँ. अधिवेशनबाट निर्देशिका निर्माणका लागि स्वीकृती लिई कोर्ड गठन गर्ने गरि तयारी गरेको बताउनुभयो ।

चाँगुनारायण नगरभित्र हाल १२६ वटा खानेपानी तथा सरसफाई उपभोक्ता दर्ता भएर सञ्चालित भएपनि धेरैले नवीकरण गरेका छैनन भने समितिहरु पारदर्शी नभएको गुनासो पनि उपभाक्ताहरुबाट व्यापक आएको छ । उहाँले खानेपाीको दीर्घकालिन रुपमा सुनिश्चितताका लागि माथिल्लो निकायसँगै विभिन्न दातृ संघसंस्था र विश्व बैंकसँग खानेपानी आयोजनाको बारेमा छलफल भइरहेको जानका।ी दिनुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र खानेपानीका ठूला आयोजनाहरु पनि सञ्चालनमा रहिरहेको र नगरपालिकाले पनि पानीकै लागि वार्षिक करिब चार करोडको बजेट छुट्याएर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका