Breaking News

उर्जामैत्री नमूना भवन निर्माणको उद्घाटन, चाँगुनारायणमा बीन परियोजना लागू

उर्जामैत्री नमूना भवन निर्माणको उद्घाटन, चाँगुनारायणमा बीन परियोजना लागू

उर्जामैत्री नमूना भवन निर्माणको उद्घाटन, चाँगुनारायणमा बीन परियोजना लागू

भक्तपुर, २२ असोज : चाँगुनारायण नगरपालिकामा उर्जामैत्री भवन निर्माण परियोजना लागू गर्दै नमूना भवनको आज उद्घाटन गरेको छ ।
आज नगरपालिका भवनमा आयाजना गरेको उद्घाटन कार्यक्रममा विल्डिङ् इनर्जी एफीसियन्सी इन नेपाल (बीन)ले निर्माण गरेको नमूना घर निर्माण परियोजनाको नगर प्रमुख जीवन खत्री र परियोजनाका प्रबन्धक डा. डेनियल नेयरले उद्घाटन गर्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले आफ्नो नगरपालिकाले उर्जामैत्री भवन निर्माण परियाजना पास गर्दै लागू गरेको बताउनुभयो । उहाँले नमूनाको रुपमा चाँगुनारायण नगरपालिकामा बीनले ल्याएको परियोजनाको बिस्तृत अध्ययन उपयुक्त लागेपछि नगरपालिकाले यसलाई लागू गरेको बताउनु भयो ।

उहाँले आफ्नो सरकारी भवन निर्माण उर्जा मैत्री प्रबिधिबाट निर्माण गर्ने बताउदै नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन यही प्रबिधिबाट निर्माण गर्ने बताउनुभयो । उहाँले व्यक्तिको निजी भवन निर्माणका लागि पनि नगरपालिकाले उर्जामैत्री भवन निर्माणका लागि प्रोत्साहन गर्ने बताउदै परियाजना लागू गर्न बीनसंग नगरपालिकाले एमओईसमेत गरेको बताउनुभयो ।

कार्यक्रममा बीन परियोजनाका प्रबन्धक डा. डेनियल नेयरले प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन उर्जामैत्री भवन निर्माण गर्नुपर्ने बताउनुभयो । विश्वव्यापी मौसम परिवर्तन घटाउनमा उर्जामैत्री भवन निर्माणले योगदान गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मिनर्जी नेपालका टीम लिडर सुयेश प्रजापतिले वतावरणमैत्री, लगानी कम र जाडोमा ताता तथा गर्मीमा चिसो बनाउने यो प्रबिधिको घर निर्माणले वाताव।ासमेत सुरक्षित गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका