Breaking News
चर्चामा:

चाँगुनारायण अस्पतालमा बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

चाँगुनारायण अस्पतालमा बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

चाँगुनारायण अस्पतालमा बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

चाँगुनारायण (खरिपाटी) ः चागुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण अस्पतालमा आज बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
चाँगुनारायण अस्पतालमा आज आयोजना गरिएको समिक्षा गोष्टीको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा उहाँले नगरपालिकाले अस्पतालमा सेवा बिस्तार गर्दै आएको र नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न कुनै कमी राख्न नहुने बताउनुभयो ।
अस्पतालमा सञ्चालित आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित स्वास्थ्य सेवा कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा अस्पतालले सञ्चालन गरेको बिभिन्न सेवाहरुकोबारेमा छलफल भएका थियो भने आगामी कार्यक्रमबारे छलफल गरिएको थियो ।

गोष्ठीमा आठ वटा स्वास्थ्य चौकीहरु , तीन वटा शहरी स्वास्थ्य केन्द्र तथा निजी स्वास्थ्य संस्थाहरु काठमाडौ मेडिकल कलेज , काठमाडौ क्यान्सर सेन्टर र सुरुवात गरी सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमहरुकोबारेमा बार्षिक समिक्षा तथा योजना तर्जुमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका