Breaking News
चर्चामा:

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीद्वारा एन्फोको पदाधिकारी टोलीलाई स्वागत

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीद्वारा एन्फोको पदाधिकारी टोलीलाई स्वागत

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीद्वारा एन्फोको पदाधिकारी टोलीलाई स्वागत

चाँगुनारायण, २९ साउन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को पदाधिकारीहरुलाई आज नगरपालिकामा स्वागत गर्नु भएको छ ।

नगरपालिकामा सञ्चालित बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन एवं निरीक्षण गर्न आएको एन्फोको टोलीलाई नगरपालिकामा नगर प्रमुख खत्रीले भादगाउँले खादा ओढाएर स्वागत गर्नु भएको हो ।

नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकामा शुद्ध खानपानीको उत्पादन तथा वितरणमा नगरपालिका अगाडि बढिरहेको बताउदै एक घर एक धारो अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले खानेपानीको क्षेत्रमा एन्फोले पुर्याएको सहयोग अतुलनीय रहेको र नगरवासीलाई खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा गरेको कार्य प्रभावकारी रहेको बताउनुभयो । नगरपालिकामा आएको एन्फोको टोलीले नगरपालिका भित्र सञ्चालित खानेपानी तथा सरसफाईको क्षेत्रको अवलोनक एवं अनुगमन गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका