Breaking News

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीद्वारा एन्फोको पदाधिकारी टोलीलाई स्वागत

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीद्वारा एन्फोको पदाधिकारी टोलीलाई स्वागत

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीद्वारा एन्फोको पदाधिकारी टोलीलाई स्वागत

चाँगुनारायण, २९ साउन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को पदाधिकारीहरुलाई आज नगरपालिकामा स्वागत गर्नु भएको छ ।

नगरपालिकामा सञ्चालित बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन एवं निरीक्षण गर्न आएको एन्फोको टोलीलाई नगरपालिकामा नगर प्रमुख खत्रीले भादगाउँले खादा ओढाएर स्वागत गर्नु भएको हो ।

नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकामा शुद्ध खानपानीको उत्पादन तथा वितरणमा नगरपालिका अगाडि बढिरहेको बताउदै एक घर एक धारो अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले खानेपानीको क्षेत्रमा एन्फोले पुर्याएको सहयोग अतुलनीय रहेको र नगरवासीलाई खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा गरेको कार्य प्रभावकारी रहेको बताउनुभयो । नगरपालिकामा आएको एन्फोको टोलीले नगरपालिका भित्र सञ्चालित खानेपानी तथा सरसफाईको क्षेत्रको अवलोनक एवं अनुगमन गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका