Breaking News
चर्चामा:

प्रथम वागमति प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु, विजेतालाई रु. ५० हजार पुरस्कार

प्रथम वागमति प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु, विजेतालाई रु. ५० हजार पुरस्कार

प्रथम वागमति प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु, विजेतालाई रु. ५० हजार पुरस्कार

भक्तपुर, २० पुस : नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ ।

आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको संघीय सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गर्नुभयो ।
राजनीतिले निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्न सके मात्रै देश बन्छ भन्दै उहाँले कक्षा १२ सकिने बित्तिकै युवा पंक्ति विदशिने र देशका अशक्त, बुडापाकामात्रै रहने अबस्था आउने खतडा बढेकाले देशको राजनीति सुधार गरेर जानु पर्ने बताउनुभयो ।

स्थानीय सरकारको कप्रभावकारी कामले सिंहदरबारले सिक्न सक्ने अबस्था बनाउनु पर्ने भन्दै सुवालले परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरि नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वागमपति प्रदेशमै पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउदै यसले बागमती प्रदेश भरी नै धिमे बाजाको संरक्षण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाले एकवर्षभरि आयोजना गर्न लागेको नगरकोट महोत्सव–२०८२ को प्रचारप्रसार एवं धिमे बाजाको सरक्षण गर्ने उदेश्यले आज यो प्रतियोगिताको आयोजना गरेका हौ । यसले समग्र चाँगुनारायणको पर्यटन एवं आर्थिक बिकासमा टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ ।”

प्रतियोगितमा प्रथम हुनेलाई नगद रु. ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने बताउदै नगर प्रमुख खत्रीले द्वितीय हुनेलाई रु. २५ हजार सहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान, सिछ्या एक थान र तृतीय हुनेलाई नगद रु. १० हजार सहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान प्रदान गरिने बताउनभयो ।

सान्त्वना हुनेलाई रु. पाँचहजार सहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमय् बाजा एक थान, उत्कृष्ट छैठौ देखि १० औं स्थानसम्म भुछ्या एक–एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने भएको छ । वागमति प्रदेश भित्रका भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायतका बिभिन्न जिल्लाका बिभिन्न पालिकाहरु गरि कूल ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

चाँगुनारायणको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिता आयोजना गरेको चानपा–९ ताथलीका वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले बताउनुभयो । उहाँले नगरभित्रका १ देखि ९ वडासम्मका धार्मिक, ऐतिहासिक सम्पदाको अबस्थाबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा इतिहास् एवं संस्कृतिविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गम स्थल चाँगुनारायणनै रहेको चर्चा गर्दै यहाँ भित्र रहेका अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदाहरु मध्ये उत्खनने भएकाहरुको संरक्षण गर्नुपर्ने र कतिपयको उत्खनन् गर्नुपर्ने अबस्था रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय घरेलु उत्पादनको प्रर्दशन समेत गरिएको थियो । कार्यक्रम स्थलमा राखिएको २० वटा स्टलमा नेवारी परिकार, खाद्या परिकार, हाते बुनाई, हस्त कलाका सामग्री, माटोको मर्तिकलालगायतका बिभिन्न सामग्रीहरु प्रर्दशन एवं बिक्री समेत गरिएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका