Breaking News
चर्चामा:

स्व.बुद्धिकृष्ण लामिछाने साँझ :घन्किदै सदाबाहर लोकगीतहरु

स्व.बुद्धिकृष्ण लामिछाने साँझ :घन्किदै सदाबाहर लोकगीतहरु

राष्ट्रिय लोक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को सम्पूर्ण तयारी पुरा

स्व.बुद्धिकृष्ण लामिछाने साँझ :घन्किदै सदाबाहर लोकगीतहरु
चाँगुनारायण, १० पुस : चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको चर्चित राष्ट्रिय लोक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को सम्पूर्ण तयारी पुरा गरेको छ ।
चाँगुनारायण नगरपालिका–७ मा २०१५ साल साउन १ गते जन्मनु भएका चर्चित लोक गायक लामिछानेको २०७५ साल पुस १३ गते निधन भएपछि ओझेलमा परेका उहाँको योगदानलाई स्मरण गर्दै नगरपालिकाले यही पुस १४ गते आयोजना गर्ने स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को तयारी पुरा भएको हो ।
कार्यक्रममा स्व. लामिछानेको चर्चित गीतहरु पिँढिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर, घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाध्ने पाटको दाम्लो, बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ……….. लगायतका गीतहरु घन्किने भएका छन् ।
नगरपालिकाले सञ्चालन गरिरहेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को अवसर पारेर चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुल्ला क्षेत्रमा पुस १३ गते साँझ स्वदेशी तथा विदेशी गायकगायिकाद्धारा स्व. लामिछानेको गीतहरु गाउने भएका छन् ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले भन्नुभयो, ‘बुद्धिकृष्ण लामिछाने हाम्रा नगरको सान हो, ईतिहास हो, विश्वमा चर्चित उहाँका गीतहरु आज पनि उत्तिकै गुञ्जेका सुनिन्छन्, हामीले हाम्रो सानलाई बिर्सनु हुदैन भनेर नै उहाँको मृत्यु भएकै दिनको स्मरण गर्दै भ्रमण वर्षको अवसरमा स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ आयोजना गर्दैछौं ।’
गायक लामिछानेको मृत्य भएको सात वर्षमा नगरपालिकाले आयोजना गर्न लागेको साँस्कृतिक साँझमा भारतका चर्चित गायक आर्काे मुखर्जी (Arko Mukharjee) को विशेष प्रस्तुती रहने भएको छ ।
कार्यक्रममा एक्या हामी, (Ekya Haami), कोमल ओली (Komal Oli), बिक्रम सुवाल (Bikram Suwal) लगायतका चर्चित गायक एवं गायिकाहरुले स्व. लामिछानेको गीत गाउनु हुनेछ ।
बिभिन्न साँस्कृतिक कार्यक्रहरुको समेत प्रस्तुती रहने उक्त कार्यक्रममा ताथली धिमे खल, श्री माझी भैरब साँस्कृतिक बाजा खलको प्रस्तुती रहनेछ भने भक्तपुरका युवा गायक कपिल कसपालले समेत गीत गाउने हुनु भएको छ । ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको साँस्कृतिक साँझमा स्थानीय उत्पादन, खानाहरुको समेत प्रर्दशनी एवं बिभिन्न स्टलहरु राखिने भएका छन् ।
नगर प्रमुख खत्रीले स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ संस्कृति, साँस्कृतिक, संगीत र सामुदायिकताको भावना जागृत गराउँदै नगरकोट भ्रमण वर्षकै प्रचार प्रसार एवं पर्यटनको विकासका साथै नगरपालिकाको सान राष्ट्रिय गायक लामिछानेको सम्झनाले उहाँको योगदानलाई जिवन्त राख्न प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशका मुख्य मन्त्री इन्द्र बाँनियाले उद्घाटन गर्नु हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका