Breaking News
चर्चामा:

साउन ३१ गते चाँगुनारायण प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना

साउन ३१ गते चाँगुनारायण प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना

साउन ३१ गते चाँगुनारायण प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना

चाँगुनारायण, २३ साउन । चाँगुनारायण नगरपालिकाले यही साउन ३१ गते प्रथम मेयर कप दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर खेलकुद विकास समितिको संयोजनमा नगरपालिकाले आयोजना गर्न लागेको प्रतियागिताको तयारी पुरा भएको समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।

साउन ३१ गते शनिवार बिहान ७ बजे यातु महादेवस्थानमा नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरसंगै सुरु हुने प्रतियोगितामा पुरुष र महिलातर्फ पाँच पाँच किलोमिटरको प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा १३–१४ वर्ष, १५–१६ वर्ष र १७–१८ वर्षका उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने जानकारी दिदै उहाँले प्रत्येक उमेर समूहमा एकएक जना छात्र र छात्रा सहभागि गराउने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार, दोस्रोलाई नगद तीन हजार रुपैयाँ, तेस्रो हुनेलाई नगद दुई हजार र चौथो तथा पाँचौ हुनेलाई सान्त्वना पुरस्कार स्वरूप एक एक हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । समितिले प्रतियोगिताका सहभागि हुन इच्छुक टोलीलाई यही साउन २७ गते मंगलबार भित्र नाम दर्ता गराउन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका