Breaking News
चर्चामा:

मच्छे नारायण ज्येष्ठ नागरिक मिलन चौतारी

मच्छे नारायण ज्येष्ठ नागरिक मिलन चौतारी

चाँगुनारायण नगरपालिका वडा न,५ ‘मच्छे नारायण ज्येष्ठ नागरिक मिलन चौतारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

मच्छे नारायण ज्येष्ठ नागरिक मिलन चौतारी

भक्तपुर, माघ ६ ।

चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित ‘स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत मच्छे नारायण ज्येष्ठ नागरिक मिलन चौतारीको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

स्विस रेडक्रसको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिका–५ स्थित उक्त मिलन चौतारीमा  एक कार्यक्रमका बीच साधारण सभा गरिएको हो।

ज्येष्ठ नागरिकहरूको मानसिक तथा सामाजिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त सभामा ५० भन्दा बढी ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूले भजन कीर्तन गाउँदै आपसमा रमाइलो साटासाट गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा सदस्य प्रभुराम थापाले यस्ता कार्यक्रम ज्येष्ठ नागरिकका लागि अत्यन्त फलदायी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “भजन कीर्तन र यस्ता भेलाले ज्येष्ठ नागरिकहरूलाई समयको सदुपयोग गर्न मात्र सिकाएको छैन, यसले मनका दुःख र पीडा भुलाएर उहाँहरूलाई मानसिक रूपमा स्वस्थ राख्न पनि ठूलो मद्दत गरेको छ।”

सभामा मिलन चौतारीका सचिव शिवराम पुरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा विगत एक वर्षमा ज्येष्ठ नागरिकको हितमा गरिएका विभिन्न क्रियाकलाप र आगामी योजनाहरू समेटिएको थियो।

कार्यक्रममा ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष केदार गिरीको सभापतित्व रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी छालिङ उपशाखा सदस्य देवी वनको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सहजीकरण सहारा परियोजनाका कार्यक्रम सहायक सञ्जय अवाल तथा सामाजिक परिचालिकाहरू तुलसा नेपाल, पारु थापासुस्मिता थापाले गर्नुभएको थियो।

‘स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजना’ले भक्तपुरमा ज्येष्ठ नागरिकहरूको जीवनस्तर उकास्न र उहाँहरूलाई सक्रिय जीवनयापनमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका