Breaking News
चर्चामा:

‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा, नगर प्रमुख जीवन खत्रीबाट उद्घाटन हुने

‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा, नगर प्रमुख जीवन खत्रीबाट उद्घाटन हुने

‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा, नगर प्रमुख जीवन खत्रीबाट उद्घाटन हुने

चाँगुनारायण, २० असोज । नागरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका नगरकोट–६ पिपलबोटस्थित माउण्ट एभरेष्ट खेल मैदानमा यही असोज २२ गते बुधबारदेखि सुरु हुने ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको सहयोग एवं नगर खेलकुद विकास समितिको समन्वय र सहकार्यमा माउण्ट एभरेष्ट युथ क्लब नगरकोटले आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।

नगरपालिकाको “कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार” भन्ने नारासहित नगरपालिका क्षेत्र भित्र खेलकुदको विकास गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यलका साथ नगरपालिकाले खेलकुदका बिभिन्न प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएकोमा भ्रमण वर्षको अवसर पारेर चाँगुनारायण नर कपको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

यस प्रकारको खेलकुद प्रतियोगिताले पर्यटनको प्रबद्र्धनसंगै नगरको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको बताउदै उहाँले नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितामा स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुमा टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले प्रतियोगितामा नगरका विभिन्न युवा समूह र फुटबल क्लबहरूको उत्साहजनक सहभागिता रहने बताउदै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ वटा सिनियर टिम र ६ वटा जुनियर टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् भने आइतबारसम्म प्रतियोगितामा सहभागिता जनाउन टिम वा क्लबले नाम दर्ता गराउन सक्ने आयोजकले जानकारी दिएको छ । असोज २२ गतेबाट सुरु हुने प्रतियोगिता कात्तिक २ गते सम्पन्न हुनेछ । प्रतियोगिताको नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन तथा समापनमा पुरस्कार वितरण गर्नु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका