Breaking News
चर्चामा:

नगरपालिका जेष्ठ नागरिकको साहारा : नगर प्रमुख खत्री

नगरपालिका जेष्ठ नागरिकको साहारा : नगर प्रमुख खत्री

नगरपालिका जेष्ठ नागरिकको साहारा : नगर प्रमुख खत्री

भक्तपुर, १९ बैशाख । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुको साहारा बनेर नगरपालिका अगाडि बढ्ने बताउनु भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं.–५ छालिङ्गले शुक्रबार वडाका जेष्ठ नागरिक र एकल महिलाका लागि बज्रबाराही मन्दिरमा आयोजन गरेको धार्मिक अवलोकन भ्रमणमा बोल्दै उहाँले नगरपालिका जेष्ठ नागरिकदेखि एकल महिलासम्मको साहारा बनेर अगाडि बढ्ने बताउनु भएको छ ।

जेष्ठ नागरिकलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले भन्नुभयो, ‘आफ्नो उमेरको उत्तराद्र्धमा हामी एक्लो छौँ, हाम्रो साहारा कोही छैन जस्तो लागेको छ भने त्यो नसोच्नुस्, हामी छौ, नगरपालिका तपाईहरुको साहारा बन्ने त, तपाईहरुको मुहारमा हामी खुसी ल्याउने छौँ, तपाइहरुको जीवनमाहामी खुसी ल्याउन लाग्नेछौँ । तपाईको दिनचर्या सहज रुपमा बितोस भनेर नै जेष्ठ नागरिक मिलन चौतारी बनाएका हौ, तपाईहरुको स्वास्थ्यमा समस्या नआओस भनेर नै निःशुल्क बिमा कार्यक्रमदेखि स्वास्थ्य बुढ्यैली कार्यक्रमलगायत बिभिन्न कार्यक्रमहरु हामीले ल्याएका हौ ।’

नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकबाट आड भरोसा, अभिभावकत्व पाएका छौँ बताउदै जेष्ठ नागरिकको अनुभव, भोगाईलाई नगरपालिकाले पथप्रर्दशकका रुपमा लिएको उहाँले बताउनुभयो । हिजोको समाज, संस्कृति, परम्परा, रीतिरिवाज कसरी चलिरहेका थिए, त्यो सबै कुराहरु जेष्ठ नागरिकले देखाएर, सिकाएर पछाडिका पुस्तालाई पुस्तान्तरण गर्दै सभ्य, असल र सुखी समाज निर्माणमा जेष्ठ नागरिकको योगदान आवश्यक रहेको बताउदै उहाँले त्यसका लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

 

चाँगुनारायणका समस्त नगरवासीलाई खुसी पार्न, मेयर, उपमेयर, वडाध्यक्षदेखि सबै जनप्रतिनिधि निरन्तर लागिरहेको र्चा गर्दै उहाँले जनसंख्या, भगोल हरेक दृष्टिकोणले अलि बिकट रहेको छालिङ्गको मुहार फेरिएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, ‘यो ५ नं. वडा पूर्वाधारमा धेरै पछाडि परेको थियो । सडक, यातायात, सडक बत्ति, जेष्ठ नागरिकको स्वास्थ्यलगाउतका क्षेत्रमा वर्षौदेखि रहेको समस्या समाधान गर्दै नमूना वडा बनाउन यहाँको वडाध्यक्षm जनप्रतिनिधि निरन्तर लाग्नु भएको छ । हाम्रो पाँच वर्षे कार्यकालभित्र अपेक्षा गरेका सबै कुरा पुरा गर्न निरन्तर लागिरहेका छौँ । अब बाँकी दुईवर्षे कार्यकालमा पनि यहाँको आवश्यकता र समस्या समाधान गर्ने लागिरहनेछौँ ।’

कतिपय कुरा आजै अहिले नै गर्न मन लागेको भएपनि भक्तपुर जिल्लाका ठूलो नगरपालिका र धेरै वडामा गर्नु पर्ने धेरै कामहरु बाँकी भएकाले सबै क्षेत्रमा काम गर्ने जिम्मवारी पुरा गर्न लागिरहेको उहाँले बताउनुभयो । ठूलो आम्दानी भएका र पुराना नगरपालिकाले गर्न नसकेको कामहरु हामीले सुरुवात गरेका छौँ भन्दै उहाँले हरेक चुनौतीहरु सामना गर्दै कसैलाई बिभेद नगरी, पक्षपात नगरी समान रुपमा नगरवासीका लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष जयन्द्र खड्काले जिल्लाका नजिक रहेर पनि दुर्गम मानिएको छालिङ्गको मुहार फेरिएको बताउदै उहाँले गर्नु पर्ने बाँकी कामहरु दुईवर्षमा सक्ने बताउनुभयो । वडाले आयोजना गरेको धार्मिक अवलोकन भ्रमणले जेष्ठ नागरिक र एकल महिलाको मुहारमा खुसी ल्याएको बताउनुभयो ।

कार्यक्रममा लोक गायक एवं इन्द्रेणी समुहका कृष्ण कँडेलका लोक दोहोरीमा जेष्ठ नागरिकहरु खुसीले मनोरञ्जन लिदै रमाएका थिए । गीतमा वडाध्यक्ष खड्कालगायत जनप्रतिनिधिहरु पनि नाचेर जेष्ठ नागरिकलाई साथ दिनु भएको थियो । कार्यक्रममा बुढ्यौली परियोजनाले तयार पारेको नाटक कचहरी समेत प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका