भक्तपुर बचत तथा ऋण सहकारी संघको २१औँ स्थापना दिवसमा अन्तरक्रिया र पुरस्कार वितरण
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो २१औँ स्थापना दिवस समसामयिक विषयमा अन्तरक्रिया र पुरस्कार वितरण कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
संघले सहकारी विधेयक, निर्देशन, मापदण्ड र बचत तथा ऋण सहकारीको आगामी मार्गचित्रबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रम संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको सभापतित्वमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सो अवसरमा जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार २०८१ बाट युवा बचत तथा ऋण सहकारी संस्था, भक्तपुर नगरस्तरीय पुरस्कारबाट लोकेश्वर बचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमि नगरस्तरीय पुरस्कारबाट बालकुमारी बचत तथा ऋण सहकारी संस्था, सूर्यविनायक नगरस्तरीय पुरस्कारबाट सुवर्णपुर बचत तथा ऋण सहकारी संस्था र चाँगुनारायण नगरस्तरीय पुरस्कारबाट देवी महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरिएको थियो।
यस्तै, ६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर नगरमा आयोजित प्रभातफेरीमा उत्कृष्ट सहभागिताका लागि भक्तपुर बचत तथा ऋण सहकारी संस्था, लोकेश्वर बचत तथा ऋण सहकारी संस्था र बालाखु बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्