विपद परे सम्पर्क गर्न चाँगुनारायण नगरपनलिकाका प्रवक्ता जनक खत्रीका आव्हान
चाँगुनारायण, १८ असोज । चांगुनारायण नगरपालिकाले आपतकालिन अबस्थामा सहयोगका लागि नगरपालिकालाई सम्पर्क गर्न आव्हान गरको छ । नगरपालिकाका प्रवक्ता जनक खत्रीले सार्वजनिकसूचना जारी गर्दै नगरवासीलाई रातको १० बजेदेखी २ बजेसम्म अत्याधिक पानी पर्ने सूचना अनुसार वर्षाका कारण बाढी, पहिरो, सडक अवरुद्ध तथा बिजुलीसम्बन्धी जोखिमहरू बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका निम्न सतर्कता अपनाउन आग्रह गर्नु भएको हो ।
उहाँले सम्भावित जोखिम क्षेत्र नदी किनारा, ढलान, नालाको छेउm वरिपरि अनावश्यक आवतजावत नजान आग्रह गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
नगरपालिकका प्रवक्ता खत्रीले नदी वा खोल्सातर्फ जाने बाटोहरू प्रयोग नगर्न, विद्युतका नाङ्गा तार वा खसेका पोलहरूबाट टाढा रहनुहोस्, पहिरो सम्भावना रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन, आपतकालीन अवस्थामा तुरुन्त नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधिहरू वा नजिकको सुरक्षा निकायलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले सार्वजनिक सूचना जारी गर्दै विपद परेर आपतकालिन अबस्था आएमा प्रवक्ता जनक खत्री, विपद शाखाका दिनेश थापा, चांगुनारायण नगर प्रहरीवलका रघु के।सी,
चांगुनारायण नगर प्रहरीवललाई तत्काल सम्पर्क गर्न आव्हान गर्दै सुरक्षित र रह न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्