Breaking News
चर्चामा:

झरीको पर्वाह नगरी बिहानैदेखि लिच्छवीकालिन चाँगुनारायण मन्दिरमा भक्तजनको भीड 

झरीको पर्वाह नगरी बिहानैदेखि लिच्छवीकालिन चाँगुनारायण मन्दिरमा भक्तजनको भीड 

झरीको पर्वाह नगरी बिहानैदेखि लिच्छवीकालिन चाँगुनारायण मन्दिरमा भक्तजनको भीड 
चाँगुनारायण, १५ कात्तिक : नेपालकै सबैभन्दा पुरानो प्राचिन धरोहरका रुपमा परिचित १८०० वर्ष पुरानो लिच्छवीकालिन् ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज दर्शनार्थीको घुईचो लागेको छ ।
मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायण मध्येको जेठो नारायणको रुपमा मानिदै आएको नगरपालिका–४ स्थित विश्व सम्पदा सूर्चीमा सुचिकृत चाँगुनारायण मन्दिरमा आज झरीको पर्वाह नगरी बिहानदेखि नै  दर्शनार्थीहरुको भीड लागेको बताउनुभयो ।
पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणकोल मात्रै दर्शन गर्दा पनि पूण्य प्राप्त हुने मान्यता रहेकाले यहाँले बिहानैदेखि भीड लागेको बताउनुभयो ।
धार्मिक मान्यता अनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्त पछि थकित हुनुभएका भगवाण विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् “हरि जागरण”को प्रतीकका रुपमा मानिने परम्परा रहदै आएको पुजारी राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यसदिन चाँगुनारायणमा दर्शन गर्दा भगवाणको नगर पर्ने र आर्शिवाद प्राप्त हुने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले यसवर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमना बृद्धि गर्न नगरपालिकाले यसवर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
मन्दिरमा सयपत्री फूलको मालहरुले सिंगांरिनुको साथै रात्रीककालिन प्रहरका लागि झिलिमिलि बत्तिले निकै रौनक दिएको उहाँले बताउनुभयो । नगरपालिकाले मन्दिर आउने नाकाहरु एव स्वागतद्धारले सिंगारिएको बताउदै उहाँले मेलाका लागि स्वयंसेवक र सरक्षार्मी परिचालन गरि व्यबस्थित बनाइएको बताउनुभयो ।
उहाँले मन्दिर आउँने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा, र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौं मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरि सडकको व्यबस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनका लागि प्रहरीसंग समन्वय गरिएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिका भित्रको यस मन्दिर ऐतिहासक धरोहर हो, चाँगुनारायण मन्दिरका प्रचारपैसार गरि विश्वभर यसको महत्व र महिमा पुर्याउन नगरपालिका लागिरहेको छ, त्यसैका लागि पनि नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेका हौ, भ्रमण वर्ष भरि चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ ।”
चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यबस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र नगरकोट भ्रमण वर्ष–०८२ सचिवालयको टोली समेत परिचालन गरेको सचिवालयकी सदस्य एवं चाँगुनारायण नगरपालिका पर्यटन शाखाकी मीरा तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले मन्दिरमा स्वास्थ्य शिविर सञ्चालन भएको, लाईन व्यबस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज र छिटो दर्शन गर्ने व्यबस्था गरिएको बताउदै बिहान चार बजेदेखिनै नगरपालिकाको टोली मन्दिरको मेला व्यबस्थापनमा खटिएको बताउनुभयो ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पूण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाण्डौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शंन गर्ने गरेको चाँगुनारायण मन्दिर व्यबस्थापन समितिका सदस्य दिने थापाले जानकारी दिनुभयो । उहाँले बिहानैदेखि परेको अविरल वर्षामा पनि दर्शनार्थीको भीड लागेको बताउनुभयो ।
हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेको तुलसीको आज परम्परा अनुसार घरघरमा रहेको तुलसीको मठलाई सिंगारेर पूजा गर माला लगाई तुलसीको दामोदरसंग विवाह गराउने परम्परा रहेको छ । आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा अनुसार पिडाँलु र सख्खरखण्डको परिकार खाने प्रचलन समेत रहेको छ ।
त्यसैगरि चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकूल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थिको भीड लागेको छ । नारायणका पूजा एवं दर्शन गर्न ब्रतालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिनुभयो ।
तस्विर : प्रशान्त पौडेल

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका