Breaking News
चर्चामा:

नगर प्रमुख जीवन खत्रीद्वारा त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा महाज्ञयको उद्घाटन, यस्ता छन् प्रमुख खत्रीको भनाई

नगर प्रमुख जीवन खत्रीद्वारा त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा महाज्ञयको उद्घाटन, यस्ता छन् प्रमुख खत्रीको भनाई

नगर प्रमुख जीवन खत्रीद्वारा त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा महाज्ञयको उद्घाटन, यस्ता छन् प्रमुख खत्रीको भनाई

       ===============================

  • नगरकोट भ्रमण वर्ष–२०८२ बिकास र एकताको सुत्र हो ।
  •  व्यक्तिगत स्वार्थका लागि होइन, सामुहिक हितका लागि कुनै विभेद नगरी काम गर्छौ ।  
  • ऐतिहासिक सम्पदा, धर्म, संस्कृति, मठ मन्दिर, पर्यटकीयस्थलको संरक्षण गर्छौ ।
  • सम्पदाको खोज, अध्ययन, अनुसन्धान र उत्खनन् गर्छौ, सबैले सघाउँनुहोस ।
  • नगरकोट सडक रहरले होइन, सारा नगरवासी र विश्वका पर्यटकको हितका लागि गरेका हौ ।
  • बुद्धिकृष्ण लामिछानेको सम्झनामा बुद्धिकृष्ण लामिछाने साँझ गर्दैछौँ ।
    ===============================
बागेश्वरी (बागेहिटी), ६ साउन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरवासी र समुदायको हितका लागि नगरपालिकाले कुनै कसर बाँकी नराखी काम गर्ने बताउनु भएको छ । चाँगुनारायण नगरपालिका–७ वागिहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवं विष्णु पुराण ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउन भएको हो ।
त्रिलोकेश्वर मन्दिर निर्माणमा मात्रै होइन, चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका मठ, मन्दिर, सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको र अझै गर्ने बताउदै उहाँले सामुदायका हितका लागि लगानी र सहयोग गर्ने बताउनु भयो । नगर प्रमुख खत्रीले भन्नुभयो, “समदायको हितका लागि म सहयोग गर्छु, चुनावमा तपाईहरुसंग गरेको वचन पुरा गर्छु । तर त्यो समुदायको हितको लागि हुनु पर्यो । पहिला पनि ठाउँठाउँमा सामुदायीक भवन बनाको रहेछ तर त्यो समुदायको अपनत्व नहुँदा खण्डहरमा परिणत भएको छ । खर्च गरेको ठाउँमा समुदायको हित हुन्छ भने गर्छौ । समुदायले उपलब्धीता हासिल भने गर्नुपर्छ ।”
उहाँले नगरकोट सडक निर्माण गरेको सन्दर्भ कोट्याउँदै पैसा भएर र रहरले नभई जनताको खुसी र आफूले गरेको वाचा पुरा गर्न सडक भक्तपुर नगरकोट सडक कालोपत्र गरेको बताउनुभयो । कमल विनायक भत्केकोपाटीदेखि खरिपाटी व्यारेकसम्मको ५०० मिटर सडक भक्तपुर नगरपालिकाले नबनाएर हाम्रो सडक होइन संघको हो भन्दै पन्छिएर लठाबज्र छाडेको बताउदै उहाँले त्यही खरिपाटी व्यारेकदेखि नगरकोटसम्मको १४ किलोमिटरर सडक चाँगुनारायण नगरपालिकाले बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पनि मुद्दा पर्ला, संघको सडक हो भनेर बसेको भए अझै कतिवर्ष बन्दैनथ्यो, तर मैले आँट गरे, तपाईहरुसंग यो संघक संघले नबनाए हामी बनाउँछौ भनेर हिजो गरेको वाचा सम्झिए, त्यसैले बनायौ ।”
उहाँले पैसा भएर नभई सारा जनताले दुःख पाएको ठाउँ, नगरकोट घुम्न आउँने विश्वका पर्यटकले दुःख पाएको ठाउँ भनेर नगरकोट सडक बनाएको बताउनु भयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरकोट भ्रमण वर्ष सुरु हुनु अगाडिनै सरकारले सडक बनाउँला भनेर बसेको बनाएन ।  मैले नगरा चारैतिरकावासीको सामुहिक हितका लागि काम गरेँ, अदालतले सार्वजनिक हितको काम गर्दा पनि दोषी ठहर्यायो भने म सजायँ भोग्न तयार छु । मैले मेरो वा अरु कसैको व्यक्तित स्वार्थका लागि नभई सिंगो समुदायको हितको लागि काम गरेको हुँ ।”
आफू नगर प्रमुख भइरहदाँ कोहीपनि नगरवासीलाई कुनै पनि विषयमा कुनै विभेद र पक्षपात नगरेको बताउदै उहाँले सामुहिक कामका लागि वडा नं. १ देखि ९ सम्मका सबै नगरवासीलाई आफ्नै घरको परिवार जस्तो ठानेर सबै मिलेर सामुहिक हितका लागि काम गरौ भनेर अगाडि बढेको बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्षले सबै नगरवासीलाई उत्साह र उमंगका साथ जोडेर विकासमा लाग्ने गरि अगाडि बढेको बताउदै कसैले पनि यो मेरो, यो तेरो भनेर नभई हामी सबैको भन्ने भावनाले काम गर्नु पर्ने औल्याउनुभयो ।
नगरकोट भ्रमण वर्षले हाम्रो कला, संस्कृति, सम्पदा, ऐतिहासिकता, कृषि, उत्पादन, रोजगारीमा सबैलाई जोडेर खुसी र सन्तुष्टीका साथ सामुहिक भावनाले काम गर्ने, एक अर्कालाई साथ दिने र भातृत्वलाई बलियो बनाउने उदेश्यले अगाडि बढाएको बताउनुभयो । एक्लै यहाँ कोही खुसी हुन सक्दैन, एकताले सबैको हित हुन्छ, सबै खुसी हुन सक्छन्, त्यसैले एकतालाई मजबुद बनाउने काम शिव पुराणल गर्नेछ भन्दै उहाँले महायज्ञले धार्मिक र्पटनको विकाससंगै सामुहिक भावना पैदा गर्न सफल हुने बताउनुभयो ।
उहाँले त्रिलोकेश्वर महादेव र बागेहिटी देवीको दर्शनले पनि मुक्ति मिल्ने बताउदै दान दिनु पर्ला भनेर साउन महिनाभरि लाग्ने मेलामा नआई बस्नु नहुने बताउदै हुनेले सक्ने जति दान दिने, नसक्नेले अन्य कुरामा सघाउने र ज्ञान सुनेर मेलालाई सफल पार्नु पर्ने बताउनुभयो ।
भ्रमण वर्षको अवसरमा नगरपालिकाले सम्पदाको उत्खनन् एवं सरक्षण गर्ने बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखि ९ सम्म नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचत गराउन सक्ने गरि अथाह सम्पदा, धार्मिक मठ मन्दिर, एतिहासिक एवं पुरातात्विक महत्वको स्थलहरु छन्, कयौ आझेलमा छन्, कयौ खोज तथा अनुसन्धान र उत्खनन् गर्न पर्ने अबस्थामा छन्, त्यस्ता सम्पदाको नगरपालिकाले खोज तथा अनुसन्धान गर्नेछ र त्यसको संरक्षणमा लाग्नेछ ।”
उहाँले नगरकोट भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले नौ वटै वडाका सम्पदाहरुको संरक्षण, खोज अनुसन्धान गर्न वडा कार्यालयहरुलाई समेत अनुरोध गरेको, स्थानीयले पनि त्यसमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।
भेटिएको सम्पदाहरुको उत्खनन्का लागि नगरपालिकाले पुरातत्व विभागको समन्वयमा बिज्ञहरुको परिचालन गरेर त्यसको संरक्षण गर्ने बताउदै उहाँले बागेहिटी र त्रिलोकेश्वरमा पनि उत्खनन्को आवश्यकता रहेकाले स्थानीयले त्यसका लागि सहयोग गर्नु पर्ने बताउनुभयो । नगरपालिका क्षेत्रको आर्थिक विकास, सगरमाथाको अवलोकन एवं सर्योदय र सूर्यास्त मात्रै नभई चाँगुनारायण नगपालिका क्षेत्रभित्रका अथाह धार्मिक पर्यटन, पर्या पर्यटनको विकास गर्दै विश्वका पर्यटकलाई आकर्षित गर्न भ्रमण वर्ष सफल हुने उहाँले बताउनुभयो ।
भ्रमण वर्षले यहाँको विकाससंगै यहाँको नागरिकलाई एउटै एकताको सुत्रमा बाधेर विकासमा लगाउने र आर्थिक एवं भौतिक विकासमा समेत फड्को मार्न सफल हुने गरि कार्यक्रम गरिएको बताउनुभयो ।  उहाँले भ्रमण वर्षकै अवसरमा आउँदो दशै र तिहारको बिचमा चाँगुनारायणका प्रसिद्ध लोक गायक स्व. बद्धिकृष्ण लामिछानेको सम्झनामा बुद्धिकृष्ण लामिछाने साँझको आयोजना गर्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भ्रमण वर्षको अवसरमा चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको आगमन अत्याधिक बढेको र विदेशी पर्यटकको आगमनसमेत उच्च रहेको बताउनुभयो । बैशाखबाट सुरु भएको भ्रमण वर्षको एक वर्षको अबधीमा १० लाख आन्तरिक पर्यटक र एक लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य पुरा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका