मन्दिर नै मन्दिरको नगरपालिका हो चाँगुनारायण, यसको संरक्षण गर्छौ : नगर प्रमुख जीवन खत्री
चाँगुनारायण, १५ साउन । चाँगुनारायण नगरपालिका प्रमख जीवन खत्रीले मन्दिर नै मन्दिरको नगरपालिका भनेकै चाँगुनारायण नगरपालिका भएको बताउनु भएका छ ।
नागेश्वर महादेव मन्दिरमा लगाएको महायज्ञमा आज बिहिबार बोल्दै उहाँले मन्दिर नै मन्दिरको नगरपालिका भएको चाँगुनारायणमा भएका र भेटिएको सबै मन्दिरहरुको मर्मत, सम्भार, सरक्षण नगरपालिकाले गर्ने बताउनु भएको हो ।
साउन महिनाभरि नै यहाँका सबै शिवालय, देवालयहरुमा पुराण भइरहेको बताउदै उहाँले सबै ठाउँमा पुगेर सकेको दान गर्न र दान गर्न नसक्नेले पनि स्वयंसेवकको भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “भ्रमण वर्ष चलिरहेको छ । साउन लागिरहेकोे छ सबै मन्दिरहरुमा महायज्ञ चलिरहको छ । त्यहाँ तपाई हामी सबै जाऔ, घुमौ, इच्छाले दान गरौं । नगरवासीले सबै ठाउँको देवालयहरु हेरौ, चिनौ । विदेशी पर्यटकहरुलाई पनि ल्याएर पर्यटकको विकास गरौ भनेर हामी लागिरहेका छौँ ।”
भ्रमण वर्षमार्फत कला, संस्कृति, परम्परा, मठ, मन्दिरको संरक्षण गर्ने, प्रचारप्रसार गर्ने, धार्मिक पर्यटकीय नगरपालिका घोषणा गर्न भ्रमण वर्ष आयोजना गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो । नगरवासी, वडावासीको सक्रियतामा यस्ता अनुष्ठानहरु भइरहेको बताउदै उहाँले नागेश्वर मन्दिरको संरक्षण गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नागेश्वर मन्दिरको बनाउनु पर्छ । यसको संरक्षण गर्न यसको प्रचार गर्न भोलीका पिढीहरुलाई पनि जानकारी दिदै यसलाई निरन्तरता दिई राख्नु पर्छ । यहााको मठ मन्दिरमा सबैले दर्शन गर्ने, भक्तिभाव गर्ने, धार्मिक बनाउने, मन्दिर पाटी, चौसठी शिवलिङ्ग बनाउने, यहाँ रहेको सार्वजनिक जग्गाको संरक्षण गर्न यहाँ सबै लाग्नु पर्छ ।”
उहाँले जनप्रतिनिधि पठाइदिएका छौँ गरिहाल्छन् नि भनेर हेरेर बस्न नहुने बताउदै जप्रतिनिधिलाई काम गर्न झकझकक्याउनु पर्ने बताउनु भयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “स्थानीय चुप लागेर बस्नु हुदैन । यति धरै हाम्रा मठ मन्दिरहरु छन्, यहाँ जति अरु नगरपालिकामा छैनन् । संरक्षणको अभावमा पर्खिरहको मन्दिरहरुको उत्खनन् गरेर संरक्षणमा लाग्ने छौँ ।”
चाँगुनारायण नगरपालिका मन्दिर नै मन्दिरको नगरपालिका भएको बताउदै उहाँले सबै तिरका मन्दिरहरुको मर्मत, सम्भार सरक्षण गर्नु पर्ने भएकाले सबैलाईसंगसंगै लैजान समुदायको सहकार्यता अपरिहार्यता रहेको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “हामीले काम गरेका छौ, धेरै काम गरेका छौँ । यो आर्थिक वर्षमा पनि मन्दिरको संरक्षण गर्ने, यहाँ आउँने फास्ट ट्रयाक निर्माण भइरहेको छ । थापा गाउँ जाने बाटो पनि नगरपालिकाले बनाउदै छ । त्यसैले समुदायले पनि सबै एक भएर सहयोग गर्नुपर्छ ।”
उहाँले स्थानीयले नै सबै ठाउँमा जाऔ, घुमौ, इच्छाले दान गरौ, स्वविवेकले हेरौ, सबै ठाउँको देवालयहरु हेरौ, चिनौ र विदेशी पर्यटकहरुलाई पनि ल्याएर पर्यटकको विकास गरौ भन्दै यसैबाट आर्थिक विकास हुने बताउनुभयो ।