ताथलीको वडाकार्यालय भवनदेखि स्वास्थ्य चौकीको भवनसमेत चालू आर्थिक वर्षमा निर्माण हुन्छ : नगर प्रमुख जीवन खत्री
चाँगुनारायण, २३ साउन । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका–९ ताथलीको वडाकार्यालयको भवनदेखि स्वास्थ्य चौकीको भवनसमेत चालू आर्थिक वर्षमा निर्माण गरिने बताउनु भएको छ । नगरपालिका कार्यालयमा आज नेपाल मजदुर किसान पार्टी ताथली वडा कमिटीले ताथली नाला सडकको र्मतलगायतका विषयमा बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउने क्रममा उहाँले ज्ञापन पत्र बुझ्दै यस्तो बताउनु भएको हो ।
वडा कार्यालय र स्वास्थ्य चौकीको भवन बनाउन नगरपालिकाले बजेट नै विनियाजन गरेको स्पष्ट पार्दै नगर प्रमुख खत्रीले भन्नुभयो, “वडा कार्यालय र स्वास्थ्य भवन निर्माण गर्नु पर्छ भनेर नै बजेट विनियोजन गरेका हाँे त । त्यो त तपाईहरुलाई थाहै छ त ? बिभिन्न समस्याले काम अगाडि नबढेको होइन र ? त्यहाँ हामीले के अबरोध गरेका छौ र ? हामीले डिपिआर तयार पार्दापार्दै गत आर्थिक वर्षमा भ्याईएन । फेरी खरिद ऐनले पनि केही समस्या पारेकै हो । अब डिपिआर बनेको छ । यसै आर्थिक वर्षमा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन बन्छ ।”
विगतका वर्षहरुमा भन्दा गत आ.ब.मा राम्रो र प्रभावकारी ढंगले ताथलीवासीको मन राखेर काम गरेको बताउदै उहाँले गरेन भन्ने मात्रै होइन विगतका वर्षहरुमा भएका कामको तुलना गरेर भएगरेका कामहरुलाई पनि गरेको छ भन्नसक्नु पर्ने बताउनुभयो । वडा नं. ९ मा खरिद गर्ने भनिएको जेसिभि, शवबाहन, माटो पन्छाउन मिनि डम्पर तीनवटै मेशिनरी सामान खरिद गर्नु पर्छ भनेर नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताउदै उहाँले प्राबिधिक कारणले ढिलाई भएको बताउनुभयो ।
वडा नं. ९ लाई जृसिभीलगायतका मेशिनरी सामान खरिद गरिरहदाँ सबै वडाबाट माग भयो भने कसरी किन्न सकिन्छ र भन्ने छलफल समेत भएको भन्दै उहाँले यद्यपी यसवर्ष त्यस्ता मेशिनरी सामान खरिदको प्रक्रिया पनि अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खरिद गर्ने भनेर प्रक्रिया अगाडि बढाएका हौ, प्राबिधिक कारणहरुले रोकियो, टेण्डर गर्ने बिभिन्न प्रक्रियाले ढिला भएको हो । कुनै नियतबस होइन, चालू आर्थिक वर्षमा हामी सबै प्रक्रिया अगाडि बढाउँछौँ ।”
कतिपय मशिनरी मानह नगरपालिकाले सिधै खरिद गर्न नमिल्ने बताउदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले भन्नुभयो, “जेसिभीलगायतका कतिपय मेशिनरी सामानहरु खरिद गर्दा हामीले पनि सक्दैनौ, यसको खरिद प्रक्रिया परा हनु पर्छ, त्यसका लागि नेपाल सरकारको मेकानकल इन्जिनयरले नै यसको इष्टिमेट बनाउनु पर्छ । इस्टिमेट आएपछि पनि फेरी प्रक्रियामा गएर सामान ल्याउनु पर्छ । त्यो सामान इष्टिमेट अनुसारको छ कि छैन भनर हेरेर पास गरेपछि मात्रै खरिद गर्न सक्छौँ ।”
उहाँले ताथलीलाई विशेष प्राथमिकतामा राखेर सम्पदा संरक्षणको काम अगाडि बढाएको बताउदै ताथलीमा प्रदेशस्तरीय धिमेबाजा प्रतियोगिता, साईकल र्याली, जस्ता काम गरेको बताउनुहुन्छ ।
नाला च्यामासिह सडक खण्डको सवालमा समुदायले पनि अपनत्व लिनु पर्ने बताउदै उहाँले समुदायले सबै निकायलाई घचघच्याउनु पर्ने औल्याउनु भयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “ऐतिहासिक चट्टान अभिलेखको प्रचार गरिरहेका छौँ, म आफैले त्यहाँको ढुड्गाले पाटनकाृ कष्ण मन्दिर बनेको भन्ने सुनेको छु, त्यो ऐतिहासिक ठाउँ हो । त्यसको अध्ययन अनुसन्धान गरौ भनर लागिरहेको छु ।
मल्लकालिन मठ मन्दिर बनेको भन्ने छ । त्यो ठाउँको उजागर गर्न स्थानीयवासी पनि लाग्नु पर्यो नी मिलर जानु पर्छ । हामीले यो ठाउँमा के छ, यो कम गरौ भनेर आएको बेला नाई भनेका छैनौ, गरेका छौँ । श्रोत भएको ठाउँमा श्रोत परिचालन गरेका छाँै नभएको ठाउँमा श्रोत खोजर भए पनि गरेका छौँ ।” उहाँले यो मेरो मान्छे, यसले मागेको गरिदिइहालौ, अरु अर्को पार्टीको मान्छे, त्यसको नगरौ भनेर कहि कतै नभनेको र कही कतै यो फरक पार्टी हो भनेर व्यबहार नगरेको उहाँले बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “ताथलीमा भएका कला, संस्कृति, ऐतिहासिक सम्पदा, धार्मिक सम्पदाहरुको संरक्षण गर्न, के गर्ने हो, तपाईहरुको ठाउँको कुरा तपाईहरुले नल्याई कसरी हुन्छ, ल्याउनु् न हामीले गर्छौ, त्यसकै लागि त भ्रमण वर्षका सुरु गरेका हौ । भ्रमण वर्षमा के के छन् त्यसमा जोडौ, त्यसलाई संरक्षण गरेर लैजाऔ भन्ने हो । भ्रमण वर्षकै अवसरमा पनि यस्ता ऐतिहासिक कला, संस्कृतिको सरक्षण गर्छौ, त्यसका लागि आवश्यक बजेट दिन्छौँ ।”
प्राथमिकता दिनु पर्ने आयोजना कुन हो छानेर ल्याउनु् छिटो गरौला भन्दै उहाँले थारै पैसामा कुन कुरालाई प्राथमिकता दिनु पर्ने हो, त्यो ल्याउनुस् न वडा कार्यालयले प्राथमिकतामा राख्ने कामलाई गरिहालौ तर प्राथमिकता नभएका कामलाई अर्को वर्षलाई सारौ । तर कुन कुरा प्राथमिकतामा राख्न हो भनर वडाले ल्याउनु पर्यो उहाँले प्राथमिकतामा राख्ने योजनाहरु मसिनो ढंगले खोजेर ल्याउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “भदौको पहिलो हप्तामा नगरपालिकाले रातो किताब सार्वजनिक गर्छौ । किताब प्रेसमा छापिदै छ । नीति तथा कार्यक्रम गतवर्ष भन्दा फरक ढंगले ल्याएका छौँ, त्यो कारणले पनि किताब आउँन अलि ढिला भएको हो । तर किताब हामे मात्रै होइन, अरु पालिकाको पनि आको छैन, मैले अरु पालिकालाई पनि सोधेको छु । तर तपाईलाई किताबमा भएको सबै कुरा हाम्रो वेभसाइडबाट हेर्न मिल्ने गरि राखिदन्छौ ।” प्रत्येक ६–६ महिनामा वडा वडामा सार्वजनिक सुनुवाई गर्नु पर्ने बताउदै उहाँले ताथली नाला सडक डिभिजन कार्यालयले हेर्ने परर्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “मेरो लागि सबै साझा हो । हिजो म आउनु भन्दा अगाडिको बिकाससंग तुलाना गर्नुस् अहिलेको परिस्थिति पनि तुलना गर्नस्, मूल्यांकन गर्नुस् ।
ताथली नाला सडकको सन्र्दमा अघिल्लो प्रमुखले नै ठेक्का निकालेर गरेको निर्माणलाई पनि हेर्नु पर्ने उहाँको भनाई छ । ताथली नाला सडकखण्ड अन्तर्गत रामसीता मन्दिरसंगैको सडक निर्मणका लागि २० लाखले पुग्छ भनेर काम सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इन्जिनियरले २० लाखले पुग्छ भनेर इस्टिमेट निकालेको सबैलई थाहै छ । एक दिन म ताथलीबाट फर्कदै थिए, अधरो सडक देखेर छक्क परे र, त्यहीबाट इन्जिनियरलाई फोन गरे, काम गर्दै जादा २० लाखले पुगेन, अर्को २० लाख चाहियो भन्ने भयो, हामीले यही वर्षका लागि बजेट राखेका छौँ । त्यो बाटो त्यसै छोड्नु पर्छ, बनाउन हुन्न भन्ने मनसाय हाम्रे होइन, अब बन्छ ।”
उहाँले सर्यविनायक बनेपा धुलिखेलको बैकल्पिक राजमार्गको रुपमा यो सडकलाई बिस्तार गर्ने योजना सहित चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालयले स्थलगत अवलोकन गरि चरण चरणमा छलफल गरेको बताउदै च्यामासिह नाला सडक पालिकास्तरीय सडक नभई संघीय सडक भएकाले बजेट पनि संघ सरकारले नै हाल्ने बताउनुभयो ।
अरनिको राजमार्गमा सडक बिस्तारको काम भइरहेको अबस्थामा यो सडकलाई बैकल्पिक मार्गको रुपमा बिस्तार गर्नुपर्छ भनेर लागिरहेको बताउदै उहाँले नगरपालिकाले थोरै रकमको मर्मत सम्भार मात्रै गर्न सक्ने बताउनुभयो ।
उहाँले गणेश माध्यमिक विद्यालयको सन्दभएमा बोल्दै विद्यालयप्रति अभिभावकहरुको चासो दिन प्रतिदिन बढ्दै गएको बताउदै परीक्षामा नतिजा पनि उपलब्धीमूलक हुदै आएको अबस्थामा यस्तै चासो र जिम्मेवार बहन गर्दै गए आगामी वर्षनै कक्र्षा ११ र १२ को अध्ययन गराउन सक्ने र क्याम्पससमेत सञ्चालन गर्न सक्ने गरि जान पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्