Breaking News
चर्चामा:

शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन परियोजनाको प्रतिनिधिहरुबाट चाँगुनारायण नगरपालिका क्षेत्रको अवलोकन

शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन परियोजनाको प्रतिनिधिहरुबाट चाँगुनारायण नगरपालिका क्षेत्रको अवलोकन

शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन परियोजनाको प्रतिनिधिहरुबाट चाँगुनारायण नगरपालिका क्षेत्रको अवलोकन

चाँगुनारायण, ३ भदौ । शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन परियोजनाको प्रतिनिधिहरुबाट चाँगुनारायण नगरपालिका क्षेत्रमा खानेपानीको क्षेत्रमा भइरहेको कार्यको मंगलबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकामा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Bremen Overseas Research and Development Association (BORDA) SOUTH ASIA को आर्थिक सहयोगमा “नगरपालिकाको आम चाँसोमा केन्द्रित शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन” परियोजना अन्तर्गत भएका कामको प्रतिनिधिहरुको टोलीले अवलोकन संचालन गरि रहेको छ ।

एन्फो र BORDA South Asia  को प्रतिनिधीहरुले चाँगुनारायण नगरपालिका वडा नं. २ मा पुनः निर्माण भएको डुडोल ढुङ्गेधारा, वडा नं. ६ मा पुन निर्माण भएको रत्नचुडेश्वर महादेव पोखरीको कुवाँ, वडा नं. ८ मा रहेको पात्लेवन खानेपानी तथा सरसफाइ आयोजनाको सुधार गरिएको इन्टेक र जडान गरिएको क्लोरिन प्रणाली, तौथली आधारभूत विद्यालयमा सुधार गरिएको वास संरचनाहरु र नगरपालिकामा सञ्चालन गरिएको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला समेतको अवलोकन गरेको वास संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

विगतमा किर्तिपुर र गोदावरी नगरपालिकामा संचालनमा रहेको परियोजना हाल चाँगुनारायण नगरपालिकामा समेत संचालन भईरहेको छ । सन् २०२६ सम्म संचालनमा रहने परियोजनाले नगरपालिका क्षेत्र भित्र रहेको परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरु, सार्वजनिक शौचालयहरु लगाएतको संरचनाहरुको संरक्षण गर्न र पूर्ननिर्माण गर्न डिपिआर, योजना, डिजाइन तथा परामर्श सेवा प्रदान गरि प्राविधिक सहयोग प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

परियोजना लागू भएका अन्य पालिकाहरुमा परीक्षण सफल भएको योजना र नयाँ प्रबिधिलाई चाँगुनारायण नगरपालिकामा पनि अनुशरण गरिने लक्ष्य परियोजनाले लिएको छ ।

खानेपानी, सरसफाई र स्वच्छता योजना निर्माण, जलवायु र लैङ्गिक स्मार्ट शहर बनाउन मूल्याङ्कन ढाँचा विकास गरि लागु गर्ने, नगरपालिका क्षेत्र भित्र हाँसिल गरेका अनुभव र उपलब्धीमूलक दस्तावेजहरुलाई अन्य पालिका तथा शहरहरुको लागि सामग्रीको रुपमा सहयोग गर्ने लगायतको कार्यहरु परियोजना अन्र्तगत गरिने वासका संयोजक लामिछानले जानकारी दिनुभयो ।

दिगो बिकास लक्ष्य ६ अन्र्तगत “खानेपानी र सरसफाइ” ले लिईएको लक्ष्य र उदेश्य हाँसिल गर्नको लागि परियोजनाले महत्वपूर्ण सहयोग प्रदान गर्नेछ । यस नगरपालिकामा सुरक्षित पानी र उत्थानशिल नगरपालिका (Building a Water Safe Resilient Municipality) बनाउने कार्यमा समेत यस परियोजनाले सहयोगी भूमिका निर्वाह गर्नेछ ।

परियोजना संचालन र कार्यान्वयनको लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाले आवश्यक समन्वय र सहजिकरणको लागि काम गरिरहेको वास संयोजक लामिछानेले जानकारी दिनुभयो ।

                       

                       

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका