चाँगुनारायण नगरपालिकाले नगर प्रमुख जीवन खत्रीद्धारा चाँगुनारायण नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई सुरक्षा सामग्रीहरु प्रदान
चाँगुनारायण, १८ असोज । चाँगुनारायण नगरपालिकाले चाँगुनारायण नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई सुरक्षा सामग्रीहरु प्रदान गरेको छ । शुक्रबार र शनवार परेको वर्षाका कारण चारैतिर पिवद आएके र विपदको जोखिम बढकाले प्रहरीलाई खोज तथा उद्धारका लाग सहयोग पग्ने गरि नगर प्रमुख जीवन खत्रीले प्रहरीलाई वर्षादी र बुटहरु प्रदान गरिएको हो ।
विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु शनिवार चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन खत्रीले हस्तान्तरण गर्नु भएको हो ।
उहाँले विपद् व्यवस्थापनमा सदैव अग्रणी भूमिका निर्वाह गर्नुहुने सुरक्षा निकायलाई स्थानीय तहको तर्फबाट सदैव सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो । विपद् प्रतिकार्यमा सहजिकरण होस् भन्ने उद्धेश्यले नगरपालिकाले सामग्रीहरु हस्तान्तरण गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।
नगर प्रमुख खत्रीले असोज १८ देखि २० गतेसम्म दिनको बर्षातको समयमा सुरक्षित रहन र सर्तकता अपनाउन आग्रह गर्दै बाढी र पहिरोको जोखिम उच्च भयको क्षेत्रका नगरबासीलाई अन्यत्र सुरक्षित स्थानमा बस्न समेत अनुरोध गर्नुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष शसस्त्र प्रहरीबल दुवाकोटलाई पनि खोज उद्धारका सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
चाँगुनारायण नगरपालिकाले विपद्मा उद्धारका लागि स्वयं सेवकदखि नगर प्रहरीसमेत परिचालन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । पहिरो नियन्त्रणका लागि र उद्धारका लागि प्रयास जारी रहेको उहाँले बताउनुभयो । पोखरेल गाउँमा खानेपानीको फिल्टर र पम्प धरापमा परेको छ । यसको सुरक्षाको प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्