Breaking News
चर्चामा:

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा दुवाकोटमा साउन ३१ गते गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा दुवाकोटमा साउन ३१ गते गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा दुवाकोटमा साउन ३१ गते गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन

चाँगुनारायण (दुवाकोट), २९ साउन : चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा पहिलो पटक यही साउन ३१ गते शनिबार दिउँसो १ बजे गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन गरिने भएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं २ ले आयोजना गर्न लागेको ‘समाबेशी घिन्ताङ्गघिसी’ को तयारी पुरा भएको वडा नं. २ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो ।

वडा कार्यालय र समावेशी घिन्ताङ्गघिसी संचालक समिति दुवाकोटले संयुक्त रुपमा आयोजना गर्न लागेको ‘समाबेशी घिन्ताङ्गघिसी कार्यक्रम’ दुवाकोट मोडबाट सुरु भई वडा नंं २ का बिभिन्न क्षेत्रहरुको परिक्रमा गरि समापन गरिने वडाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

नगरपालिकाले आयोजना गरेको नगरकोट भ्रमण वर्ष सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाइए आकर्षित गर्न विभिन्न समुदायका सांस्कृतिक पहिचान झल्किने प्रदर्शन सहित कार्यक्रममा सहभागिता जनाउन आव्हान गर्नुभयो ।

उहाँले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिदै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने गरि तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका