ताथली र सुडाल क्षेत्रमा रेविजविरुद्धको खोप अभियान सम्पन्न
चाँगुनारायण नगरपालिका पशुपन्छी विकास शाखाको आयोजनामा ताथली र सुडाल क्षेत्रमा रेविजविरुद्धको नि:शुल्क खोप अभियान (Ring Vaccination) सफलतापूर्वक सम्पन्न भएको छ।


वडा नं.९ ताथली र सौडोल क्षेत्रमा मिति २०८२/०४/०२ का दिन एक अज्ञात कुकुर आक्रामक भई स्थानीय बासिन्दाहरू तथा सामुदायिक कुकुरहरूलाई टोकेको जानकारी पश्चात् शाखाको प्राविधिक टोली घटनास्थलमा पुगेको थियो। स्थितिलाई गम्भीर ठानी उक्त क्षेत्रलाई केन्द्रविन्दु बनाई ‘Ring Vaccination’ र ‘Post-Exposure Vaccination’ को अवधारणामा आधारित ‘Ring Vaccination’ अभियान तत्काल सञ्चालन गरियो।
आक्रमक कुकुरले टोकेको घटनालाई मध्यनजर गर्दै मिति २०८२/०४/०४ देखि ०६ गतेसम्म पहिलो चरण र मिति २०८२/०४/१० गते Post-Exposure को प्रोटोकल अनुसार अभियान सञ्चालन गरिएको हो।
स्थानीय बासिन्दाहरू तथा सामुदायिक कुकुरहरूलाई टोकेको कुकुरको नमुना संकलन गरी त्रिपुरेश्वरस्थित केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएपछि परीक्षण रिपोर्टरेविज पोजेटिभ (+ve)देखिएको पुष्टि भएको छ। थप सतर्कताको लागि एक शंकास्पद कुकुरलाई आइसोलेसनमा राखीजनप्रतिनिधि, स्थानीयबासी ,पशु चिकित्सक तथा प्राविधिकहरूको निगरानीमा राखिएको छ।
यस्तै, वडा नं. ८ सुडालबाट पनि आक्रमक कुकुरको खबर प्राप्त भएसँगै त्यहाँ समेत तत्काल खोप कार्यक्रम सञ्चालन गरिएको थियो।
खोप लगाइएका सामुदायिक तथा घरपालुवा कुकुर संख्या विवरण:
ताथली क्षेत्र:४३७
सुडालक्षेत्र:५५
जम्मा : ४९२
रेविज पशु र मानिसमा लाग्ने एक प्राणघातक जुनोटिक रोग भएकाले यस प्रकारकाघटना हुनबाट आफुपनि बचौ र अरुलाई पनि बचाऊ
आम नागरिकलाई आफ्ना कुकुर तथा बिरालाहरूलाई नियमित रूपमा रेविजविरुद्धको खोप लगाउन, आक्रामक वा शंकास्पद कुकुर देखेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा नगरपालिका कार्यालयमा जानकारी गराउन अनुरोध छ|
#StayAware #RabiesAwareness
प्रतिक्रिया दिनुहोस्