अबिरल वर्षाको जोखिमबाट बच्न र बचाउन सचेत र सुरक्षित रहन नगर प्रमुख जीवन खत्रीको नगरवासीमा आव्हन
चाँगुनारायण, १८ असाज । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अबिरल वर्षाको जोखिमबाट बच्न र बचाउन सचेत र सुरक्षित रहन नगरवासीमा आव्हन गर्नु भएको छ । उहाँले आज जल तथा मौसम बिज्ञान बिभागको मौसम बुलेटिन अनुसार यहीँ असोज १८ गतेदेखि २० गते सम्म बागमती प्रदेश लगायत काठमाण्डौ उपत्यकामा भारी वर्षातको पुर्वानुमान गरेकोले सबैले साबधानी अपनाउन उहाँले आव्हान गर्नु भएको हो ।
उहाँले आफ्नो घर,गोठ तथा समुदाय वरिपरी रहेका बाटो, कुलो,खोल्सामा पानीको निकास भएको छ छैन एकिन गरी पानीको निकास व्यवस्ऱ्थित गर्ने, घर वपिरी जमिन चिरा परेको भए प्लाष्टिक त्रिपाल प्रयोग गरी पानी पस्नबाट रोक्ने कार्य गर्न नगरवासीमा आव्हान गर्नु भएको छ ।
नगर प्रमुख खत्रीले बिशेष गरी पहिरो र बाढीको जोखिम उच्च भएको स्थानका नगरबासीलाई सुरक्षित स्थानमा स्थानानन्तरण गर्न सहयोग गर्होर्न आग्ह गर्दै
सबैले सुरक्षाका उपाय अपनाई मनसुनजन्य विपदबाट सुरक्षित हुन सबैमा आव्हान गनु भएको हो।
समुदायलाई पनि सुरक्षित बनाउने कार्यमा सहयोग गर्नुहुन सबै नगरवासीमा आग्रह गर्दै उहाँले विपद् प्रभावितलाई सहयोग गर्न नगरपालिका तयार रहेको भन्दै आवयक सहयोगमा टेवा पुर्याउन सबैमा आग्रह गर्नु भयो भने विपदजन्य कुनै समस्या परेमा नजिकको प्रहरी, सुरक्षा निकायहरु, जनप्रतिनिधी, रेडक्रस, वडा र नगरपालिकालाई सम्पर्क गर्न समेत नगर प्रमुख खत्रीले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्