चक्रीय अर्थतन्त्र र हरित रुपान्तरणमा आधारित अन्तर नगरपालिका समन्वय कार्यक्रम सम्बन्धी अभिमुखीकरण बैठक सम्पन्न
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा “चक्रीय अर्थतन्त्र र हरित रुपान्तरणमा आधारित अन्तर नगरपालिका बिचको समन्वय कार्यक्रम” सम्बन्धी अभिमुखीकरण बैठक सम्पन्न भएको छ।
“RERAS (Regional and Local Energy and Resource Efficiency in Asia)” परियोजनाअन्तर्गत आयोजित उक्त कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित शाखा प्रमुखहरू, विभिन्न वडा प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता थियो।
बैठकमा चक्रीय अर्थतन्त्र, दिगो उत्पादन र उपभोग, फोहोर व्यवस्थापनमा पुनःप्रयोग (reuse–recycle), ऊर्जा दक्षता, र हरित रुपान्तरणको व्यवहारिक अभ्यास सम्बन्धी विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले नगरबीच सहकार्य र अनुभव साटासाटका माध्यमबाट स्रोतको दिगो प्रयोग, प्रदूषण न्यूनीकरण, वातावरणमैत्री नीति निर्माण र हरित प्रविधि अपनाउने अभ्यास बलियो रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
अन्ततः, अभिमुखीकरण बैठकले नगरपालिकाहरूबीचको साझेदारी र समन्वयलाई संस्थागत गर्दै चक्रीय अर्थतन्त्रमा आधारित दिगो विकासको दिशामा ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्