Breaking News
चर्चामा:

चाँगुनारायण कबड्डी कप

चाँगुनारायण कबड्डी कप

चाँगुनारायण कबड्डी कप सम्पन्न छालिङ विजेता, ताथली उपविजेता

चाँगुनारायण कबड्डी कप

चाँगुनारायण : वडा न. ५, नागथली खेलमैदानमा चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको ‘चाँगुनारायण कप कबड्डी प्रतियोगिता’ उत्साहपूर्ण रूपमा सम्पन्न भयो। ७ टोलीका ७० खेलाडी सहभागी बनेको प्रतियोगितामा सेमिफाइनल चरणमा ताथली, सुडाल, बागेश्वरी र छालिङबीच प्रतिष्पर्धा चलेको थियो।

उत्कृष्ट प्रदर्शनका आधारमा ताथली र छालिङ फाइनलमा पुगे भने रोमाञ्चक अन्तिम खेलमा ताथलीलाई पराजित गर्दै छालिङले उपाधि हात पार्‍यो। तेस्रो स्थान वडा नं. ७ बागेश्वरी र चौथो स्थान वडा नं. ८ सुडालले ओगटे। विजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पायो भने उपविजेता ताथलीले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो।

पुरस्कार वितरण नगर प्रमुख जीवन खत्री र वडा नं.५ का वडाध्यक्ष जयन्द्र खडकाले गर्नुभएको थियो। व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी वडा नं.५ का ज्ञानेन्द्र बुढाक्षेत्री, उत्कृष्ट डिफेन्डर विकास खड्का र उत्कृष्ट रेडर वडा नं.९ का गणेश राउत घोषणा भए। सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नगर प्रमुख खत्रीले खेलकुद पूर्वाधार, सामग्री तथा प्रशिक्षणमा नगरपालिका निरन्तर लगानी गरिरहेको बताउँदै खेलकुदले युवामा अनुशासन, दिगोपन र सामुदायिक एकता सुदृढ गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका