Breaking News
चर्चामा:

चाँगुनारायणमा महिला स्वास्थ्य स्वयंसेविका दिवस: उत्कृष्ट ९ स्वयंसेविकालाई सम्मान

चाँगुनारायणमा महिला स्वास्थ्य स्वयंसेविका दिवस: उत्कृष्ट ९ स्वयंसेविकालाई सम्मान

चाँगुनारायणमा महिला स्वास्थ्य स्वयंसेविका दिवस: उत्कृष्ट ९ स्वयंसेविकालाई सम्मान

मंसिर १९, २०८२ — भक्तपुर।

चाँगुनारायण नगरपालिकामा “स्वस्थ समुदायको निर्माण, सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने नारासहित २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। नगर क्षेत्रका सबै ९ वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थितिमा गरिएको कार्यक्रममा उत्कृष्ट स्वयंसेविकाहरूलाई सम्मान गरिएको छ

कार्यक्रममा वडा नं. १ देखि ९ सम्मबाट उत्कृष्टका रूपमा छनोट भएका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू—निर्मला न्यौपाने, मैया खत्री, गङ्गा न्यौपाने, अन्जना आचार्य, जमुना थापा, सीता तामाङ, राम माया नायजु, नानू सुवेदी र बुद्ध लक्ष्मी बासुकला—लाई सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

यस्तै, ६० वर्षसम्म निरन्तर सेवा गर्दै आएका ४ महिला स्वास्थ्य स्वयंसेविकाहरू—वडा नं. ३ की भवानी कुसाथा, वडा नं. ५ की माईली बाटा, वडा नं. ६ की कान्छी लामा र वडा नं. ८ की जानुका गोतामे—लाई रु. ३०,००० नगद तथा सम्मान–पत्र सहित बिदाइ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका