नगर प्रमुख जीवन खत्रीको शुभकामना सन्देश
जीवन खत्री,
प्रमुख : चाँगुनारायण नगरपालिका
खरिपाटी, साउन १ गते । आज साउन १ गते नेपालीहरुले साउने संग्रान्ती मनाउने पर्व । आजका दिन चाँगुनारायण नगरपालिकाले पनि एउटा नयाँ कार्यको शुभारम्भ गरेको छ । त्यो हो नगरपालिकाको आफ्नै अनलाइन पत्रिका अर्थात चागुनारायण समाचार ।
आजको समय समाचार र प्रचार प्रसारको युग पनि हो । प्रबिधिले हामीलाई हातहातमै छिटो भन्दा छिटो सूचना, समाचार र जानकारी दिइरहेको छ । यो समयमा नगरपालिकाले गरेका अथाह कामहरुलाई नगरवासीमाझ पुर्याउने माध्यम अर्थात पुलको खाँचो महुसस गरिरहेको सन्दर्भमा नगरपालिकाले आफ्ना सम्पूर्ण समाचार, सूचना एव गतिबिधि प्रकाशन गर्ने र आमनगरवासीलाई जानकारी गराउने मूल उदेश्यले अनलाइन पत्रिका changunarayansamachar.com आजबाट आधिकाररिक रुपमा सञ्चालन एवं प्रकाशनमा ल्याएको जानकारी गराउँन पाउँदा खुसी लागेको छ ।
नगरपालिकाको समाचार प्रकाशनका लागि अनलाइन पत्रिका प्रकाशित गर्ने हामी पहिलो नगरपालिका पक्कै होइनौ, धेरै नगरपालिकाले यसअघि यसप्रकारको अनलाइनलाई प्रकाशनमा ल्याइसकेका छ । यद्यपी भक्तपुरका चार नगरपालिका मध्ये हाम्रो नगरपालिका दोश्रो भने पक्कै हो ।
आजबाट आधिकारिक रुपमा नगरपालिकाले सञ्चालनमा ल्याएको यस अनलाइनबाट नगरपालिकाको सम्पूर्ण गतिबिधि, विकासका कार्यहरु, प्रत्येक शाखाका सेवा एवं यसका समाचारहरु, तस्विर एवं भिडियोहरु प्रकाशित हुनेछन् । यसलाई सूचनाको संवाहकको रुपमा पनि लिएकाले सोही अनुरुप सूचनाहरु यस अनलाइन मार्फत समेत सम्प्रेषण हुनेछ ।
नगरपालिकाले आजबाट शुभारम्भ गरेको अनलाइनलाई बिस्तारै बुलेटिनका रुपमा पत्रिका प्रकाशनदेखि आफ्नै अनलाइन टेलिभिजनसमेत सञ्चालन गर्ने, आवश्यकता अनुसारको बृत्तचित्र वा अडियो र भिडियोका सामाग्रीहरु नगरपालिका आफैले उत्पादन गर्ने र आफ्नै सञ्चार माध्यममार्फत प्रकाशन एवं प्रशारण गर्नेछ ।
यस changunarayansamachar.com अनलाइन नगरपालिकाका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिदै यसको सफलताका लागि शुभकामना व्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस्