भक्तपुर जिल्लाव्यापी सितोरियो कराते प्रतियोगिता–२०८१
भक्तपुर, २१ पुस । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर जिल्ला सितोरियो कराते डो संघले आयोजन ागर्न लागेको भक्तपुर जिल्ला व्यापी सितोरियो कराते प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा गरेको छ ।
चाँगुनारायण नगरपालिकाका सहयोगमा सोमबार बिहान १० बजे भक्तपुर क्षेत्र नं. २ का सांसद एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले उद्घाटन गरेर सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
जिल्लाका बिभिन्न डोजोको २५ टिम सहभागि प्रतियोगितामा ३२५ खेलाडी सहभागि हुने भएका छन् । साँझ सम्पन्न हुने प्रतियोगिताको विजयी टिम र खलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र वागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले पुरस्कर तगा प्रमाण पत्र वितरण गर्नु हुने भएको छ ।
चाँगुनारायण नगरपालिकाको आफ्नै भवन वडा नं. ७ तफादम्फोमा हुने कार्यक्रममा सहभागिताका लागि सबैमा आव्हान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्