Breaking News

राष्ट्रलाई पदक दिलाउन सहयोग जुटाएर भलिबर टोली बंगलादेश प्रस्थान

राष्ट्रलाई पदक दिलाउन सहयोग जुटाएर भलिबर टोली बंगलादेश प्रस्थान

राष्ट्रलाई पदक दिलाउन सहयोग जुटाएर भलिबर टोली बंगलादेश प्रस्थान
भक्तपुर, १३ बैशाख : मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी ११ जनाको खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा यही १४ गतेदेखि हुन गईरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको भक्तपुरमा आयोजित कार्यक्रममा बिदाई गरि ढाका प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा सहभागि हुन बंगलादेश जान राज्यतर्फले कुनै रकम उपलबध नगराएपछि जिल्ला खेलकुद बिकास समिति भक्तपुरका निवर्तमान् अध्यक्ष एवं टीम म्यानेजर दीपक थापाको नेतृत्वको टोलीले सहयोग रकम संकलन गरेको हो ।
खेलाडीहरु सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ्ग बंगलादेश प्रस्थान गरेको टिम म्यानेजर समेत रहनु भएका थापाले बताउनुभयो ।
नेपालभरबाट छनोट भएकाले खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग नगरेपछि खेलाडीको मनोबल बढाउन र देशका लागि पदक जिताउन सहायता फाउण्डेसनका अध्यक्ष राजु ढुङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैले खेलाडीका लागि रकम जुटाएर बंगलादेश पठाएको हो । प्रतियोगितामा भाग लिन आजै टिम म्यानेजर थापासहित कोच उत्सव खड्का र सहायक कोच जनकबहादुर खड्का ढाका प्रस्थान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका