Breaking News
चर्चामा:

तीन करोडको लागतमा रोक्का गाउँ बुद्ध मन्दिर सडक स्तरान्नती सुरु

तीन करोडको लागतमा रोक्का गाउँ बुद्ध मन्दिर सडक स्तरान्नती सुरु

तीन करोडको लागतमा रोक्का गाउँ बुद्ध मन्दिर सडक स्तरान्नती सुरु
भक्तपुर, १२ फागुन : चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेलमा आजबाट रोक्का गाउँ दुवाकोट सरस्वतीखेल बसपार्क माछा पालन बुद्ध मन्दिरसम्मको सडक स्तरोन्नती सुरु भएको छ ।
आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडकको स्तरोन्नतीको शिलान्यास गर्नु भएको हो । वागमती प्रदेश सरकारको एक करोड ५० लाख र चाँगुनारायण नगरपालिकाको एक करोड ५० लाख गरि समपुरक शिर्षक अन्तर्गत गरि कूल रु. तीन करोडको लागतमा उक्त सडक स्तरोन्नती सुरु भएको हो ।
नगर प्रमुख खत्रीले दुवाकोटको बिकट मानिने स्वेल डाँडा अन्तर्गतको खण्डमा सडक स्तरोन्नतीको काम भइरहेको बताउदै रोक्का गाउँ र सरस्वतीखेलका बाँकी सडक पनि यसै आर्थिक वर्षभित्र स्तरोन्तती पुरा गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँको बाँकी सडकको स्तरोन्नतीको काम पनि हामी यसैवर्ष पुरा गर्ने प्रयास गर्नेछौँ, समय नपुगे अर्को साल सबै सडक निर्माण पुरा गनेैछौँ । हाम्रो प्रतिबद्धता हामी पुरा गर्छौ । यो सडक निर्माणसंगै यहाँका बासिन्दालाई दैनिक जनजीवनका लागि सहज हुने विश्वास लिएका छौँ ।”
नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पुरा गर्न निर्देशनसमेत दिनुभयो । उहाँले कुनै बाहनामा सडकको काम नरोक्न र छिटो, छरियो एवं गुणस्तरीय आसप्लन्ट कालोपत्र सडक निर्माण गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा चानपा–१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपुरक बजेट अन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनवीवन निकै सहज हुने बताउनुभयो । आजबाट सुरु भएको यो सडक आउँदो असार दोश्रो साताभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका